Headlines News :
Home » » जोगी बन्ने मुडमा छन् पारस शाह ! (फोटोफिचर सहित)

जोगी बन्ने मुडमा छन् पारस शाह ! (फोटोफिचर सहित)

Written By news on Wednesday, 20 July 2016 | 01:38



काठमाडौं, साउन ५ ।
लागुऔषध कारोबारमा थाइल्याण्डको बैंककमा पटक –पटक पक्राउ परेर छुटेका पूर्वयुवराज पारस शाह यतिबेला नेपालमै छन् । थाइ प्रेमिकासँग गहिरो प्रेममा फसेर हिमानी शाहलगायत परिवारसँगै सम्बन्ध विग्रिएको भनिएका पारस नेपालमा के गर्दैछन् भने आम नागरिकलाई चासो छ ।
पछिल्लो समयमा उनमा आध्यात्मिक बन्ने रहर जागेको उनका निकट सहयोगीहरु बताउछन् । विभिन्न धार्मिक स्थलमा पुगेर दर्शन गर्ने तथा धार्मिक गतिविधीहरुमा सरिक हुन थालेका पारस पारिवारिक रुपमा भने केही टाढिएका छन् ।

साउन ४ गते गुरुपूर्णिमाका दिन पाशुपत क्षेत्रमा अवस्थित गोरक्षनाथको मन्दिरमा पुगेर कुल देवता गोरक्षनाथको पूजा गरेर फर्किएका उनी केहीसाता अघि पोखरा, धनगढी, लुम्बिनी, डोटी हुँदै खप्तड पुगेका थिए । १० दिनसम्म खप्तडमा विताएका पारसले त्यहाँ अध्यात्म शक्तीका बाबा मानिने खप्तडका बारेमा बुझेका थिए ।

काठमाडौं, साउन ५ । लागुऔषध कारोबारमा थाइल्याण्डको बैंककमा पटक –पटक पक्राउ परेर छुटेका पूर्वयुवराज पारस शाह यतिबेला नेपालमै छन् । थाइ प्रेमिकासँग गहिरो प्रेममा फसेर हिमानी शाहलगायत परिवारसँगै सम्बन्ध विग्रिएको भनिएका पारस नेपालमा के गर्दैछन् भने आम नागरिकलाई चासो छ ।

पछिल्लो समयमा उनमा आध्यात्मिक बन्ने रहर जागेको उनका निकट सहयोगीहरु बताउछन् । विभिन्न धार्मिक स्थलमा पुगेर दर्शन गर्ने तथा धार्मिक गतिविधीहरुमा सरिक हुन थालेका पारस पारिवारिक रुपमा भने केही टाढिएका छन् ।


साउन ४ गते गुरुपूर्णिमाका दिन पाशुपत क्षेत्रमा अवस्थित गोरक्षनाथको मन्दिरमा पुगेर कुल देवता गोरक्षनाथको पूजा गरेर फर्किएका उनी केहीसाता अघि पोखरा, धनगढी, लुम्बिनी, डोटी हुँदै खप्तड पुगेका थिए । १० दिनसम्म खप्तडमा विताएका पारसले त्यहाँ अध्यात्म शक्तीका बाबा मानिने खप्तडका बारेमा बुझेका थिए ।


स्वास्थ्य अवस्था केही विग्रिएका कारण नेपालमै आराम गरिरहेका उनी गत माघमा ४५ औं जन्मदिन मनाउने क्रममा सहयोगीहरुका साथ ललितपुरको खोकनामा रहेको रुद्रायणी देवीको दर्शन गर्न पुगेका थिए । बैंकक छँदा उनलाई हृदयघात भएको थियो ।


चार बर्ष बैंकक बसेर २०७१ चैत १९ गते नेपाल फर्किएपछि उनी निरन्तर मठमन्दिरमा गएर दर्शन गर्ने र धार्मिक गतिविधिमा सामेल हुँदै आइरहेका छन् । पहिले देखि नै अध्यात्ममा रुची भएका पारस ‘आर्ट अफ लिभिङ’ देखि पूर्वीय दर्शनमा महन्तहरुसँग पनि निरन्तर सम्पर्कमा छन् ।
हिन्दु धर्म र अध्यात्मका बारेमा बढी चासो राखिरहेका पारसको दैनिकी पनि पुरै बदलिएको उनका सहयोगीहरु बताउँछन् । विहान उठेर प्राणायम, योग गर्ने बानी बसाउने प्रयासमा छन् । खानपानमा पनि परिवर्तन ल्याएका उनी साहाकारी हुने मनसायमा रहेको बताइन्छ । हिन्दु धर्मले मात्र राष्ट्रियताको रक्षा गर्ने बताउँदै आएका पारस हाल बुढानिलकण्ठका सहपाटीहरुसँग सामाजिक कार्यमा समय दिइरहेका छन् ।

पूर्व महानिरीक्षक हेमबहादुर सिंहका जोगी भेषधारी छोरा प्रभञ्जनबहादुर सिंह, ललितपुरका अभयबहादुर शाह, जनकपुरमा राजेश सिंहसँग निकट रहेका पारस अध्यात्म रुचाउने तिनै निकटहरुसँग समय विताउने गर्छन् ।
राजदरबारबाट बर्हिगमन हुनुपरेपछि सबैभन्दा बढी चिन्तित मानिने पारस सन्यासियुक्त जीवनप्रति बढी लालायित रहेको उनकै सहयोगीहरुले बताउँदै आइरहेका छन् । आमनागरिकसँग सहकार्य गरेर विभिन्न सामाजिक कार्य गर्न रुचाएका उनी कुलतबाट पूर्ण रुपमा टाढिने मनसायमा छन् ।

निर्मल निवास छाडेर सुनाकोटीको आलिसन महलमा बसिरहेको भनिएका पारस पछिल्लो समयमा अध्यात्म र धार्मिक दर्शनप्रतिको रुचीले कतिपयले उनलाई ‘जोगी’ बन्न लागेको बताउँदै आइरहेका छन् । यद्यपि, राजपरिवारका कोही पनि सदस्यहरु जोगी बन्न नमिल्ने बताइन्छ र यस्तो मुडमा पारस नरहेको बताइन्छ । तर हिन्दु धर्मको प्रवद्र्धन देखि धार्मिक आस्था, योग तथा प्राणायनतिर भने आकर्षित रहेको बुझिन्छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger