Headlines News :
Home » » जङ्गलमा रहेको कुलोको छेउमा एक अपरिचित युवतीको जलेको अबस्थामा शव फेला..

जङ्गलमा रहेको कुलोको छेउमा एक अपरिचित युवतीको जलेको अबस्थामा शव फेला..

Written By news on Sunday, 24 July 2016 | 21:52



नवलपरासीको कावासोतीबाट केहि पर रहेको जुगेपानी र डण्डा बजारको बिचमा पर्ने जङ्गलमा रहेको कुलोको छेवैमा आज एक अपरिचित महिलाकाे शव फेला परेको छ |

शव जुगेपानी र बेलुवा दुबैलाई जोड्ने सडकको छेवैमा रहेको कुलोको तिरमा जलाइएको अवस्थामा फेला परेको हो | स्थानीय वासिन्दाले बिहान शवलाई फेला परेपछि घटना स्थलमा पुगेको प्रहरीले हाल सम्म ति महिला बारे केहि तथ्य पत्ता नलागेको बताएको छ | शवलाई पोस्ट मार्टमका लागि जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखिएको छ | आन्दाजी ३० वर्षीय ति महिलालाई पहिले धारिलो हतियारले घाँटी रेटी पछि शरीरमा पेट्रोल चर्किएर जलाइएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ | अनुहार जलेको अवस्थामा रहेकाले महिलाको अनुहार चिन्न समेत मुस्किल परेको स्थानीय बादल थापा मगरले जानकारी दिए | ति महिलालाई किन जलाइयो र किन उनको हत्या गरियो भन्ने बारे हाल छानबिन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कवासोतीले जनाएको छ |

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger