Headlines News :
Home » » सप्तरीमा सीमा मिचेर भारतले बनाएको बाँध नेपालीहरुले भत्काइदिए दुई पक्षबीच सीमा क्षेत्रमै झडप..

सप्तरीमा सीमा मिचेर भारतले बनाएको बाँध नेपालीहरुले भत्काइदिए दुई पक्षबीच सीमा क्षेत्रमै झडप..

Written By news on Thursday, 28 July 2016 | 21:52



भारतीय पक्षले नेपाली भूमि डुबानमा पर्ने गरी सप्तरीको तिलाठी सीमाको दसगजामा निर्माण गरेको बाँध नेपाली पक्षले भत्काएपछि बिहीबार दुई पक्षबीच  भिडन्त भएको छ। अन्नपूर्ण पोष्टमा समाचार छ।

भारतीय पक्षले गरेको लाठी एवं ढुंगा प्रहारबाट सप्तरी तिलाठी ९ का हर्षवद्र्धन कर्ण, सञ्जीव झा, तिलाठी ४ का देवनारायण यादव, तिलाठी ७ का रोशन झा, तिलाठी ८ का सुशील यादव र शंकरप्रसाद यादव घाइते भएका छन्। घाइतेहरुलाई रावविराजस्थित अञ्चल अस्पतालमा भर्ना गरिएको छ।

नेपालीको विरोध र स्थानीय प्रशासनको आग्रहलाई बेवास्ता गर्दै भारतीय पक्षले तिलाठी र भारत बिहार राज्यको सुपौलअन्तर्गत कुनौली सीमाको दसगजामा बाँध निर्माण जारी राखेपछि बिहीबार बिहानैदेखि दुई पक्षबीच विवाद बढेको थियो।सहमतिविपरित भारतीय पक्षका प्राविधिक कर्मचारीले माथिको आदेश भन्दै धमाधम पक्की संरचना बनाउन थालेपछि विवाद बढेको तिलाठी ४ का देवनारायण यादवले बताए।

बिहान भारतीयको संख्या धेरै भएकाले विरोध जनाएर फर्केका नेपाली पक्षको संख्या अपरान्ह बढे पछि बाँधमा राखिएका बाँस, बालुवाले भरिएका बोरा  निकालेर फालिदिएका थिए। बाँधका लागि बनाइएका सामग्री फालिदिएपछि भारतीय पक्ष र नेपाली पक्षबीच झडप भएको थियो।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger