Headlines News :
Home » » युनिटी लाइफ जस्तै गल्फमा मौलायो नेपाली ठग्ने अर्को धन्दा, “आइबोस” को नाम यसरी ठगिदै छन नेपालीहरु

युनिटी लाइफ जस्तै गल्फमा मौलायो नेपाली ठग्ने अर्को धन्दा, “आइबोस” को नाम यसरी ठगिदै छन नेपालीहरु

Written By news on Friday, 29 July 2016 | 03:38

काठमाडौं, १४ साउन ।
नेटवर्किङ विजनेशका नामबाट करोडौं रुपैयाँ ठगी गर्ने युनिटी लाइफ एस्योरेन्सका सञ्चालकहरु जेलको हावा खाइरहेका छन् ।
मुुलुकमै आर्थिक क्रान्ति ल्याउने भन्दै लाखौं नेपालीलाई ठगी गरेका युनिटीका मुख्य सञ्चालकहरु मध्ये केही अझै पनि फरार सूचीमा छन् ।

रातारात करोडपति बन्न सकिने सपना देखाएर ठगी गर्न पल्केकाहरु नेपालमा नेटवर्किङ्का नाममा ठगी गर्न नपाएपछि विदेशमा नेपालीहरुलाई नै ठगी गरिरहेका छन् । नेपालमा नेटवर्किङ बिजनेस बन्द भएपछि नेपालीहरुलाई ठग्न पल्केका नेपालीहरुले नै विदेशमा रहेका नेपालीहरुलाई दिनदहाडै लुटिरहेका छन् ।

नेपालमा रोजगारको अभावमा खाडी मुलुकमा काम गर्न गएका नेपालीहरुलाई नेटवर्किङ लाग्न उत्प्रेरित गर्दै ठगी गर्न थालिएको छ । मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका विभिन्न देशमा बैदेशिक रोजगारीम रहेका नेपालीहरु आईबोस ग्लोबल नेटवर्किङ्को नामबाट ठगिँदै आएका छन् ।

आईबोसले हङकङ, भारत, इण्डोनेसिया, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड, अमेरिका, कोलम्बिया र भियतनाममा पनि आफ्नो नेटवर्क रहेको जनाएको छ ।  विलासी जीवन विताउनेदेखि आकाशमा उड्ने सपना देखाएर आईबोसले नेपालीहरुलाई ठगिरहेको छ ।

को हुन् आईबोसका सञ्चालक

आईबोस ग्लोबलका सञ्चालक नेपाली नै छन् । हब खड्का भन्ने ब्यक्ति यो नेटवर्कको मुख्य सञ्चालक हुन् । खड्काले एमजीएच ग्लोबलको नामबाट नेटवर्किङ धन्दा सुरु गरेका थिए ।

अहिले उनैले नाम बदलेर आईबोस ग्लोबल बनाएका छन् । नेपालमा उत्पादित सामानहरु विभिन्न देशका विक्री गर्ने तथा गर्नुका साथै नेपालमा आफ्नै चियाबगान रहेको र हर्बल कम्पनी नेपालमा शुरु गर्न लागिएकोले यसको मालिक बन्न पाउने प्रलोभन सदस्य बनाउनका लागि दिने गर्छन् ।

‘विदेशमा गएका नेपालीहरु सधै मजदुर मात्रै हुने भएकाले अब मालिक बन्नुपर्छ । हाम्रो कम्पनीले बिदेशी कम्पनीहरुले नेपालीहरु माझ गरी रहेको ब्यापारमा प्रतिष्पर्धा गरी बिदेसमै रोकिने पैसा कम्सेकम नेपाल पुग्छ’ भनी प्रलोभन दिने गरेका छन् । अनि नेपालीहरु विदेशीले काम गर्दा पनि नेपाली लिडर बन्न सक्ने सपना सदस्य बनाउनका लागि बाडिन्छ ।

डलरमा सदस्य

आईबोस ग्लोबल नेटवर्कमा सदस्य बन्नका लािग नेपालीहरुले ८४ डलरदेखि ३ सय ६५ डलरसम्म तिर्नुपर्छ । यसका सदस्य तीन किसिमबाट बन्न सकिने र धेरै डलरको सदस्य भए झनै फाइदा हुने भ्रम पनि उनीहरुले बाँड्ने गर्छन् । सदस्य बन्दा लाग्ने शुल्क बराबरको सामान पाइने भएको कुनै घाटा नहुने भन्दै सदस्य बन्न प्रेरित गरिन्छ ।

नेटवर्किङ बिजनेस एक सदस्यले अरुलाई सदस्य बनाउदै जाने ब्यापार हो । अरुलाई सदस्य बनाएबापत कमिशन आउने र आफू भन्दा माथि सदस्य आफै बढ्दै जाँदा मनग्गे आम्दानी हुने र आफै मालिक हुन पाउने सपना देखाएपछि जो कोहीलाई पनि आकर्षित गर्छ ।

आईबोस ग्लोबलले नेपालमा उत्पादिन अर्गानिक सामान तथा बायो प्रोडक्टका सामानहरु सदस्यहरुलाई बिक्री गर्ने गरेको छ ।
युनिटीको ठगी धन्दा पनि सरकारले नेटवर्किङ ब्यापारमा रोक लगाएकाले नेटवर्किङका नाममा ठगी गर्नेहरुले नेपालमा नेटवर्किङ ब्यापार गर्न पाउनुपर्ने भन्दै नेताहरुसँग लबिङ गरिरहेका छन् ।

पहिले अमेरिकामा हेड अफिस रहेको भनिएको आईबोस ग्लोबलले अहिले थाइल्याण्डमा हेडअफिस रहेको जनाएको छ । आईबोस ग्लोबल अहिले युकेमा रजिष्टर भइसकेको आईबोस ग्लोबल कतारका कन्ट्री डाइरेक्टर नेत्र न्यौपानेले बताए ।


यसरी बाँडिन्छ सपना

देशको श्रमशक्ती दिनानुदिन बाहिरिदो अवस्थामा रहेकाले आफ्नो देशको श्रम शक्ति रोक्न सकिन्छ र बाहिरिएको युवा शक्ति आफ्नै देशमा फर्काउनु पर्छ भन्ने उद्देश्यले आईबोस ग्लोबलको स्थापना भएको त्यसका सदस्य भएका लिडरहरु बताउँछन् ।

आफ्नैदेशमा खेरगइरहेको जङलका जडिबुटीबाट केहि सामान उत्पादन गरी आफ्नै देशमा स्वरोजगारको ब्यवस्था गर्नका लागि आईबोस ग्लोबल कम्पनीको जन्म भएको भन्दै सदस्यहरुलाई प्रशिक्षित गर्ने गरिन्छ ।

कम्पनीका एक लिडर न्यौपाने भन्छन्– यो कम्पनीको तीन वटा भिजन छ । पहिलो स्वास्थ्य, दोस्रो सुरक्षा र तेस्रो आर्थिक । नेटवर्किङ ब्यापारमा प्रत्यक्ष विक्री गरिने भएकाले विज्ञापनदाता, डिलर, सप्लायर्स लगायतमा पर्ने खर्च नलाग्ने भएकाले सस्तो पर्ने प्रचार गरिन्छ ।

आईबोसले जस्तै युनिटीले पनि नेपालीहरुलाई सपनाको संसार देखाएर करोडौं ठगी गरेको थियो । आईबोस पनि नेपालमा कुनै अबैध छ । आफ्नै देशमा अवैध रहेको र अन्य देशहरुमा पनि दर्ताको कुनै प्रमाण नभएको आईबोसका सञ्चालकहरु हरेक हप्ता काठमाडौं आएर पाँचतारे होटलहरुमा ऐस आराम गर्ने गरेको पीडितहरु बताउँछन् । श्रोत: खबरडबली अनलाइन



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger