|
|
असार २०, एजेन्सी ।
प्रकृतिमा अनेकन आश्चर्यजनक रहस्यहरु गर्भमा छन् जसको रहस्य थाहा पाउन मानिसले अहिलेसम्म पनि सकेको छैन । यस्तै मध्ये भारतको झारखण्डस्थित बोकारो जिल्ला रहेको एउटा कुण्ड पनि यस्तै आश्चर्यजनक रहस्यले भरिएको छ । शान्त रहेको कुण्डमा जब मानिस पुगेर ताली बजाउँछ तब पानी आफै निस्किन्छ । पानी यति जोडसँग निस्किन्छ की मानौँ कुनै बिशाल भाँडोबाट पानी उम्लिरहेकेा छ । यतिमात्र कहाँ हो र यो कुण्डमा जाडो याममा तातो तथा गर्मी याममा चिसो पानी निस्किन्छ । बोकारो सहरबाट २५ किलोमिटर टाढा रहेको यो अनौठो कुण्डमा नुहाउनका लागि भारतभरिका धेरै पर्यटकहरु आउँछन् । यो पानीमा नुहाए मनोकांक्षा र मागेको वरदान प्राप्त हुन्छ भन्ने मान्यता छ ।
यहाँको तातो पानीले नुहाउँदा छाला तथा जिउका रोग पनि नास हुने विश्वास गरिन्छ । यो कुण्डलाई दलाही कुण्डको नामले चिनिन्छ । आखिर यो कुण्डमा ताली बजाउँदा जमिनमुनिबाट जोडसँग पानी माथि निस्किनुको रहस्य के हो भन्ने विषयमा आजसम्म पत्ता नलगाए पनि वैज्ञानिकहरुले खोजविन गरिरहेका छन् । ताली बजाउँदा ध्वनी तरंगले पानीको सतहमा समेत नगन्य प्रभाव पार्नेआज मा यसरी जमिनमुनिबाटै पानी माथि आउने कुराको रहस्यक पर्दा अहिलेसम्म खुल्न सकेको छैन । कस्तो छ त यो आश्चर्यजनक कुण्ड
|
|
Post a Comment