Headlines News :
Home » » उद्घाटनमा कोशियारीले जुत्ता खोले, हाम्रा नेताले खोलेनन् ..

उद्घाटनमा कोशियारीले जुत्ता खोले, हाम्रा नेताले खोलेनन् ..

Written By news on Monday, 4 July 2016 | 05:12


काठमाडौं ।
 हिन्दु परम्पराअनुसार कुनै पनि शुभ एवं धार्मिक कार्य गर्दा शुद्ध हुनुपर्छ । अशुद्ध वस्तु पहिरिन वा खानु हुँदैन । तर यो तथ्यलाई धर्मकै नाममा राजनीति गर्दै आएका हाम्रा नेताहरुले पालना गर्दैनन् ।  तस्विरमा हेर्नुहोस नेपाल–भारत प्रबुद्ध समूहको पहिलो बैठक उद्घाटनमा समूहका भारतीय संयोजक भगतसिंह कोशियारीले आफूले लगाएको जुत्ता फुकाएर पानसको बत्ति बाले । तर नेपालमा हिन्दु धर्म जोगाउन भन्दै हिंडेका उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा र समूहका एक नेपाली सदस्य भेषबहादुर थापाले छालाको जुत्ता फुकाल्न जाँगर देखाएनन् ।  कोशियारी भारतीय जनता पार्टीका वरिष्ठ नेता मात्रै नभएर भारतका पूर्वमन्त्री समेत हुन । आफ्नो दलगत र व्यक्तिगत स्वार्थका लागि भारतको चाकडी गर्न कहिल्यै पछि नपर्ने नेपालका नेताहरु भने उनीहरुबाट सकारात्मक कुराहरु सिक्ने भने कहिल्यै रुची दिँदैनन भन्ने यो राम्रो उदाहरण समेत हो ।  लोकतन्त्र भनेको छाडातन्त्र नभएर अनुशासन र संस्कार पनि हो भन्ने कुरामा भारतीय नेताहरु धेरै सचेत देखिन्छन् । दुई दिनसम्म चल्ने बैठकमा नेपाल भारतको सुगौली सन्धीदेखि १९५० को सन्धीहरुको बारेमा समेत समीक्षा हुने जनाइएको छ ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger