|
|
बाग्लुङको भिमगिठे –५ का ११ वर्षिय रमेश दर्जी एक दुर्लभ रोगका कारण ऊनको ज्यान बिस्तारै ढुँगामा परिणत हुँदै गएको छ ।
बाबु नन्दवहादुर दर्जी र आमा नरकुमारीको कोखबाट २०६१ सालमा जन्मिएका रमेश झट्ट हेर्दा मुर्ति अनी कुनै कलाकारले रङ्ग भरेको चित्र जस्तो देखिन्छन् । उनी जन्मिदा राम्रै थिए । तर उमेर बढ्दै जाँदा न उनका टाउकामा रौँ उम्रिए, न शरीरमा छाला देखिए । सुरुमा त उनी आफै हिड्थे, ४ वर्षको हुँदा केही दिन स्कुलमा पढ्न पनि गए । तर उमेर बढ्दै जाँदा न उनी स्कुल जान्छन्, न वरपर हिँड्डुल गर्न सक्छन् । ‘६ वर्ष भएदेखि घस्रिन पनि छाडेको रमेशकी आमा नरकुमारीले बताउनुभयो । ‘अहिले बोकेरै दिसा पिसाव भित्र बाहिर गराउँदै आएका छौं ।’
जब रमेश केवल पन्ध्र दिनका थिए तब ऊनको शरिरको छाला सबै ऊत्रिएर गए, त्यसपछि बाक्लो र कालो छाला पलाऊन थाल्यो । ऊनको यो अज्ञात रोगबारे बाबुआमा त अज्ञात छदै थिए भने अस्पतालमा ऊपचार गराऊदा समेत ऊनको यो बिमार अज्ञात नै रहेको छ । हाल रमेशको ऊपचार राजधानीमा हुँदै गरेको छ ।
यो पनि पढ्नुहोस – रमेश दर्जीकोको उपचारका लागि सहयोगको आश्वासन मात्रै, काठमाडौं जाने भाडा पनि भएन
|
|
Post a Comment