Headlines News :
Home » » रिचार्ज कार्ड लिन जान्छु भनी निस्किएकी पोखराकी प्रतिक्षा सोमबारदेखि बेपत्ता ..!!

रिचार्ज कार्ड लिन जान्छु भनी निस्किएकी पोखराकी प्रतिक्षा सोमबारदेखि बेपत्ता ..!!

Written By news on Sunday, 17 July 2016 | 23:38


सात जना साथिहरु पोखराको श्री कृष्ण भोजनालयमा खाना खान जान्छन । खाना अर्डर गरेर बसिरहेका बेला अकस्मात प्रतिक्षाले आफु रिचार्ज कार्ड किनेर आइहाल्ने भन्दै होटलबाट बाहिरिन्छिन । १५ / २० मिनेट बित्यो साथिहरुले आएको खाना खाएर सके तर रिचार्ज कार्ड लिन गएकी प्रतिक्षा फर्केर आइनन् । साथिहरुले पनि त्यतिबेला सम्म कुनै शंका गर्नै भ्याएनन् जब सम्म प्रतिक्षाले त्यहीं छोडेर गएको ब्याग हेरे- ब्यागमा प्रतिक्षाले आफुले लगाएका घडी, सिक्री सबै त्यहि राखेर गएकी रहिछन ।

कुरा हो गत असार ६ गते सोमबारको । पोखरा १५ सानिपाटनका तोरणबहादुर भुजेलकी १९ बर्षिया छोरी हुन् प्रतीक्षा भुजेल । उनले पोखराकै मुस्तांङचोक स्थित नेशनल बाथ सेन्टरमा ल्याबमा काम गर्दै आइरहेकी थिइन् । त्यसदिन रामबजारमा रक्तदान कार्यक्रम रहेकाले उनी सहित अन्य ६ जना साथीहरु पनि त्यहाँ आएका थिए । बिहानदेखी शुरु भएको उक्त रक्तदान शिविरमा झन्डै  १ बजेतीर कार्यक्रम सकिएपछि उनीहरु महेन्द्रपुल स्थित श्री कृष्ण भोजनालयमा खान खान पुगेका थिए। रिचार्ज कार्ड लिन जान्छु भनेर सोमाबार देखि निस्किएकी प्रतीक्षाको घर परिवार र साथीहरुले आउँछिन की भनेर प्रतीक्षा गरिरहे तर आज बिहिबार ४ दिन बितिसक्दा सम्म पनि प्रतिक्षाको कुनै अत्तोपत्तो छैन ।पोखरा १८ मनकामना टोल घर भएका मनिक केसी कलेज जाँदा आउँदा संधै प्रतिक्षालाई लिन पुर्याउन जान्थे । उनीहरुको निकटता यति सम्म गहीरो थियो घर परिवारबाट समेत उनीहरु संगै जाँदा आउँदा कुनै रोकावट थिएन । प्रतिक्षा र मनिक एक अर्कालाई मन पाराउथे, असाध्यै माया गर्थे ।

समय बित्दै गयो, केहीदिन देखि प्रेमी मनिकको ब्यबहारमा परिबर्तन पाउन थालिन् प्रतिक्षाले । पछि उनले चाल पाइन् मनिक त अर्कै केटीलाई पो माया गर्न थालेका रहेछन । त्यसपछि प्रतिक्षाले मनिकसंग कुरा गरिन मनिकले उनको कुरा स्वीकार गरे र आगामी दिनमा बिगतका कुरालाई भुल्न आग्रह गरे । मनिकको कुराले छाँगाबाट खसे झैँ भएकी प्रतिक्षाले धेरै सम्झाइन, आफुले भुल्न नसक्ने बताइन् तर मनिकले उनको कुरा सुन्नुको साटो उल्टो धमक्याउन थाले । हुँदाहुँदा मनिककी अहिलेकी नयाँ प्रेमिकाले समेत धम्की दिने र अब मनिकको पछि लागे नराम्रो हुने चेतावनी समेत दिन थालिन् । धम्क्याउने शृंखला त्यतिबेलासम्म जारी रह्यो जतिबेला रामबजारमा आयोजना गरिएको रक्तदान शिविरमा समेत मनिककी अहिलेकी प्रेमिकाले धम्क्याउदै नानाभाँतीका शब्दले गालीगलौज गरिन् । यसरी मानसिक तनाबमा आएकी प्रतिक्षा सहित अन्य स्टाफ साथीहरु शिविरमा कार्यक्रम सकेपछि खाना खान भनि महेन्द्रपुल स्थित होटलमा पुगेका थिए ।

प्रतिक्षा हराएको बिहिबार ४ दिन पुगेको छ । परिवार र आफन्तले खोज्नुसम्म सबै ठाउँ खोजीसकेका छन् तर अहिले सम्म उनको अबस्था थाहा हुन सकेको छैन । प्रतीक्षा हराएको थाहा पाएपछि हामी वडा प्रहरी कार्यालय रामबजार पुग्दा परिवार र आफन्तले भरिएका थिए । बाराही न्यूज डटकमसंग कुरा गर्दै प्रतिक्षाका मामा यम बहादुर जीसीले भान्जीको खोजीकार्य भइरहेको बताउनुभयो । आफन्तले प्रतिक्षाको कतै हत्या गरेर फालेकी भन्ने आशंका व्यक्त गर्न थालेका छन् । हाल प्रेमी मनिकलाई वड़ा प्रहरी कार्यालय रामबजारमा राखी सोधपुछ र अनुशन्धान भइरहेको कास्कीका डिएसपी गजुसिद्दी बज्राचार्यले बताउनुभयो । पहिलो प्राथमिकता प्रतिक्षाको अबस्थाबारे बुझ्न आवश्यक भएको हुँदा उनको खोजीलाई तीब्र पारिएकोले अहिले केहि भन्न नमिल्ने उहाँले बताउनुभयो

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger