Headlines News :
Home » » इटहरीमा सुरक्षा कडा भएपछी याैनकर्मीहरूकाे गन्तब्य भेडेटार,पाँच याैनकर्मी पक्राउ..

इटहरीमा सुरक्षा कडा भएपछी याैनकर्मीहरूकाे गन्तब्य भेडेटार,पाँच याैनकर्मी पक्राउ..

Written By news on Thursday, 21 July 2016 | 22:17


इटहरी ।
 पूर्वकाे केन्द्र इटहरीमा सञ्चालित हाेटल तथा लजहरूमा प्रहरीले दिनरात कडाइ गर्न थालेपछि याैनकर्मीहरूकाे गन्तब्य भेडेटार हुदै पहाडीभेग पुगेकाे पाइएकाे छ । इलाका प्रहरी कार्याल इटहरीले याैन कार्यमा संलग्न र त्यस्ता कार्यमा लगाउने गिराेहसहित बिहिबार सार्वजनिक गरेपछि यस्ताे पाइएकाे हाे ।यौन जन्य कार्यमा सँलग्न रहेको आरोपमा इटहरी प्रहरीले ५ जना महिलालाई पक्राउ गरि बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा लाहान नगरपालीका ४ सिरहाकी ३६ वर्षिय पार्वती राजवंशी छिन् । उनि लामो समय देखि यहि धन्दा सँचालन गरेर वसेकी र प्रशासनको कारवाहिमा परिसकेकी व्यक्ति हुन् ।

इटहरी ५ बस्ने उनि सहित अन्य चार यृुवती वुधवार राति भेडेटार जाने क्रममा बाटो बाटै प्रहरीले पक्राउ गरेको थियो । शँकास्पद रहेको हुनाले सोधखोज गर्दा यौन व्यवसायमा सँलग्न रहेको पुष्टि भएको प्रहरीले बताएको छ । राजवँशीको साथबाट १ लाख ३६ हजार ५ सय नगर समेत बरामत भएको छ । १७ देखि १९ वर्षका अन्य युवतीहरु पुर्वाञ्चलका विभिन्न स्थानका रहेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी ओम प्रसाद अधिकारीले अनुसार राजवँशीले योजनावद्ध रुपमा यौन व्यवसाय सँचालन गर्ने गरेको सुचनाको आधारमा पक्राउ गर्दा सो रहस्य खुलेको बताए । पुर्वको पर्यटकिय केन्द्रको रुपमा रहेको भेडेटारमा भारतिय पर्यटक अधिक मात्रामा आउने हुँदा यौन व्यवसाय फस्टाउने गरेको आरोपलाई यो घटनाले थप पुष्टि गरेको छ ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger