Headlines News :
Home » » उपहार दिए भनेर ब्यापार गर्दै मोदी ,यो हो भारतको असली रूप।

उपहार दिए भनेर ब्यापार गर्दै मोदी ,यो हो भारतको असली रूप।

Written By news on Monday, 11 July 2016 | 23:30


भारतले दुई वर्ष अघि उपहारस्वरुप उपलब्ध गराएको सैन्य हेलिकप्टरबापत सवा अर्ब रुपैयाँ तिर्न नेपाललाई ताकेता गरेको छ
सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री मोदीले उक्त हेलिकप्टर उपहार भनी नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए। मंसिर १, २०७१ का दिन सैनिक मञ्च, टुंडिखेलमा तामझामसहित आयोजित विशेष समारोहबीच मोदीले समकक्षी कोइरालालाई एयर टु मिसाइल–एएलएच ध्रुव मार्क थ्री’ हेलिकप्टर हस्तान्तरण गरेका थिए।

नेपाली सेनाका लागि दिएको उक्त हेलिकप्टर कोइरालाले तत्कालै तत्कालीन प्रधानसेनापति गौरवशमशेर जवरालाई हस्तान्तरण गरेका थिए।
उक्त हेलिकप्टरको मूल्य एक अर्ब २४ करोड र थप ३ करोड रुपैयाँ दुर्इ पटकको मर्मत तथा नेपाल आएका प्राविधिक समूहको खर्च समेत जोडेर भारतले एक अर्ब २७ करोड रुपैयाँको बिल पठाएको रक्षा मन्त्रालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार हेलिकप्टर लिएर आएका र पछि दुई पटक मर्मतका लागि आएका प्राविधिकको भत्ता र होटल खर्चसमेत बिलमा जोडिएको छ।

रक्षा मन्त्रालयका प्रवक्ता शिवप्रसाद सिम्खडाले भारतले सुरक्षासम्बन्धी परामर्श समूहको १२ औं बैठकमा समेत नेपाली सेनाका लागि उपलब्ध गराइएका विविध सुरक्षा सामग्रीको रकम भुक्तानबारे कुरा उठाएको जानकारी दिए। नागरिक दैनिकमा समाचार छ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger