Headlines News :
Home » » भत्किएका सीमास्तम्भ नेपालले बनायो, भारतले बाँकी..

भत्किएका सीमास्तम्भ नेपालले बनायो, भारतले बाँकी..

Written By news on Wednesday, 8 June 2016 | 00:24

सीमा निगरानी सर्वेक्षण टोलीद्वारा तीन सय ११ सीमास्तम्भ मर्मत
भैरहवा: नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण ३ नम्बर नापी टोलीले रूपन्देहीदेखि दाङका तीन सय ११ वटा सीमास्तम्भ मर्मत एवं पुनर्निर्माण गरेको छ । १३ वटा जोर नम्बरका पिलर नयाँ बनाउनुपर्ने अवस्थामा छन् । उक्त पिलर निर्माण गर्ने काम भारतीय पक्षको जिम्मामा परेको छ ।

नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमाक्षेत्र दसगजामा रहेका भारतद्वारा अतिक्रमित एवं विवादित क्षेत्र सुस्तास्थित चार सय ९७ जंगी पिलर छोडेर टोलीले पश्चिमको दाङसम्म सीमास्तम्भ मर्मत, पुर्ननिर्माण तथा सर्वेक्षणको कार्यलाई तीव्रताका साथ अगाडि बढाएको छ ।

टोलीले हालै रूपन्देहीमा एक र कपिलवस्तुमा १२ वटा नयाँ पिलर निर्माण गरेको छ । जसमा ठूला ३ र माइनर १० वटा बिजोर नम्बरका पिलर नयाँ बनाएको नापी विभागका उपसचिव एवं सर्वेक्षण टोली प्रमुख निर्मल आचार्यले जानकारी दिए । ‘बिजोर अंकमा पर्ने पिलरको मर्मत पुनर्निर्माणको काम हामीले गरेका छौं भने जोर पिलरको काम भारतीय पक्षले गर्छन्', उनले भने ।

नेपालको तर्फबाट नापी विभागका उपसचिव एवं प्रमुख नापी अधिकृत निर्मल आचार्य र भारतका समकक्षी हरि सिंहको नेतृत्वमा सीमा सर्भे गर्ने, स्तम्भको अवस्था एवं अवस्थितिको अध्ययन गर्ने, जीर्ण पिलरको पुनर्निर्माण, मर्मत संभार, रंगरोगन गर्ने कार्य जारी राखेका छन् ।

नवलपरासीको सुस्तास्थित ४९७ जंगी पिलरदेखि काम थालेको संयुक्त सर्वेक्षण टोली अहिले दाङको ५८९।४ नम्बर पिलरसम्म पुगेको छ । टोलीले कपिलवस्तुका दुई सय ९८, रूपन्देहीका ८ वटा र दाङका ५ वटा सीमास्तम्भको काम सकेको जनाएको छ ।

यसैगरी कपिलवस्तुमा जंगी, मझौला एवं साना २२२ वटा सीमास्तम्भ बनाउन बाँकी छ । पल्टेको, हराएको अवस्थामा रहेका ९ वटा पिलर बनाउन जरुरी देखिएको नापी विभागका उपसचिव एवं टोली प्रमुख आचार्यले जानकारी दिए ।

सीमा सुरक्षा बलको रोहबरमा नापी सर्वेक्षण टोलीले काम गरिरहेको र उनीहरूले मागेको सहयोग पुर्‌याइरहेको सीमा सुरक्षा कार्यालयका सशस्त्र प्रहरी उपरीक्षक जीबी निरौलाले बताए ।

नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा निर्धारण उच्चस्तरीय संयुक्त टोलीको निर्णय एवं निर्देशन वमोजिम टोलीले स्थानीय प्रशासनको समन्वयमा सीमा क्षेत्रको सर्भे गरी जीर्ण सीमास्तम्भको पुनर्निर्माण र मर्मत तथा रंगरोगनको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए ।

यतिवेला ३ नम्बर नापी टोलीका सर्भे नापी अधिकृतहरू सिमानामा ३ वटा समूहमा बाँढिएर तीन ठाउँबाट काम गरिरहेका छन् । एक समूहले नेपाल नवलपरासी र भारत महाराजगन्ज जिल्लाको दसगजा क्षेत्रमा पर्ने सीमास्तम्भबाट दायाँबायाँ कसले के कति भूमि अतिक्रमण गरेका छन् भन्नेर छुट्याउने काम सुरु गरेको छ ।

यसैगरी अर्को समूहले कपिलवस्तु, सिद्धार्थनगरजिल्लाको सिमानामा रहेका सीमास्तम्भको मर्मत, पुनर्निर्माण एवं रंगरोगनको कार्य सम्पन्न गरेको छ । यसैगरी टोलीले नेपाल दाङ र भारत बलरामपुर जिल्लाको पूर्वी सिमानादेखि दसगजामा रहेका ५ वटा सीमास्तम्भको काम सकेको छ । दाङमा अझै ६४ वटा पिलरको सर्भे, मर्मत तथा रंगरोगन गर्न बाँकी छ ।

भारतीय पक्षले यस क्षेत्रमा रहेका जंगी सीमास्तम्भ ५७६।१, ५८८।१३ लगायतका १३ वटा स्तम्भ मर्मत तथा पुनर्निर्माण गरेको छैन । नेपाली पक्षले कपिलवस्तुको चाकचौडानजिक रहेको ५५२, भिल्मीको ५५८, ५६४ नम्बरका पिलर पुनर्निर्माण र ५६५, ५७७।१८ नम्वरका पिलर भने मर्मत गरेको छ ।
नवलपरासीमा तीनवटा अन्तर्राष्ट्रिय सीमास्तम्भको पुनर्निर्माण र ८ वटा पिलरको मर्मत गरेको छ जसमा ४९७।१, ४९७।२, ४९९।४, ५०३, ५१३, ५१७, ४९८।३, ५०३।७, ५०८।१, ५०३ नम्बरका पिलर मर्मत तथा पुनर्निर्माण गरिएका छन् ।

यसैगरी रूपन्देहीको भैरहवा भंसार कार्यालयको निर्माणाधीन सुख्खा बन्दरगाहनजिक जीर्ण अवस्थामा रहेको जीर्ण ५१८, ५०१, ५०५ जरैदेखि भत्काएर पुनर्निर्माण गरिएको नापी अधिकृतले बताए ।

संयुक्त टोलीले नवलपरासी क्षेत्रमा सर्भे, पिलर मर्मत पुनर्निर्माण तथा रंगरोगनको काम पूरा गरी अतिक्रमण छुटाउने काम थालेको छ । भारत महाराजगन्ज जिल्ला र नवलपरासी जिल्लाको २८.५ किलोमिटरको दूरी सीमा क्षेत्रमा १२ जंगी र ३ वटा सहायक पिलरहरू भेटिएका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger