|
|
नागढुङ्गामा ना ५ ख ७० ४१ नम्बरको माइक्रो बसमा पनि ‘विप्लव’ माओवादीका कार्यकर्ताले तोडफोड गरेका छन् । नयाँ बसपार्क नजिकै पनि एउटा माइक्रो बसमा तोडफोड भएको छ । त्यस क्रममा माओवादी कार्यकर्ताले आगजनीको प्रयास गरेका छन् । प्रहरीले कंलकीबाट ट्रेड युनियन महासंघका अध्यक्ष योगेद्र कुमाल, बिष्णु अधिकारी, रविन खत्री लगायत छ जना नेता तथा कर्यकर्ता पक्राउ गरेको छ ।
बालाजुमा मीनबहादुर चलाउने, सुमन अधिकारी, चन्द्र बुढा, रजमान तामाङपनि पक्राउ परेका छन् । ग्वार्कोबाट जम्बो शेर्पासहित तीन जना पक्राउ परेका छन् । रत्नपार्कबाट जनगणतान्त्रिक मञ्चका अध्यक्ष राजु कार्कीसहित दर्जन कार्यकर्ता पक्राउ परेको माओवादीले जनाएको छ । भक्तपुरका जनपरिषद प्रमुख कृष्णराम खड्का, सविन पुलामी मगरसहित ३ जना पक्राउ परेका छन् ।
‘विप्लव’ माओवादीको नेपाल बन्दलाई ध्यानमा राखेर सरकारले मुलुकभरि उच्च सुरक्षासर्तकता अपनाएको जनाएको छ । गृह मन्त्रालयले मुलुकको शान्ति सुरक्षा मजबुत बनाएको जनाउँदै अवाञ्छित क्रियाकलाप गर्नेलाई कारबाही गर्ने चेतावनी दिइसकेको छ ।
|
|
Post a Comment