प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार र बजेटको चर्को आलोचना गरिरहेका बेला कांग्रेसकै एक सांसदले भने बजेट राम्रो आएको भन्दै ओली सरकार अझै पाँच वर्ष टिक्नुपर्ने बताएका छन् । रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा कांग्रेस सांसद शिवबहादुर खड्काले भने ‘भिजन भएको नेतृत्व तीस वर्षसम्म पनि आएन । बल्ल योजना बनाउने प्रधानमन्त्रीको रुपमा ओली आउनुभएको छ ।
यो सरकार पाँच वर्ष चलोस्, मेरो शुभकामना छ । अहिलेको बजेटको फाइदा सिधै एमालेले लियो । कर्मचारीको चुनावमा त्यो स्पष्ट रुपमा देखियो ।’ विद्यमान समस्या समाधान गर्न सके मुलुकका लागि धेरै राम्रो हुने भन्दै खड्काले इमान्दारिता नभएका नेताहरुबाट राष्ट्रिय सहमति सम्भव नभएको तर्क गरे । विकास निर्माणका लागि ओलीले राम्रो योजनाहरु प्रस्तुत गरिरहेको भन्दै खड्काले भने ‘स्थानीय, प्रान्तीय र केन्द्रीय चुनाव ओलीकै सरकारले गराओस् । विकास, निर्माणको काममा म अलग बस्न सक्दिनँ । मेरो पुरा समर्थन रहन्छ ।’ नेपाल पाटीमा खबर छ |
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment