Headlines News :
Home » » सडक दुर्घटना ३० को मृत्यु २३ जना घाइते ५ को अवस्था निकै गम्भीर।

सडक दुर्घटना ३० को मृत्यु २३ जना घाइते ५ को अवस्था निकै गम्भीर।

Written By news on Sunday, 5 June 2016 | 18:42

नयाँ दिल्ली, २२ जेठ । भारतको उत्तरी क्षेत्रमा अवस्थित हिमाञ्चल प्रदेशमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि ३० जनाको ज्यान गएको समाचार छ ।

प्राप्त पछिल्लो समाचारअनुसार ती दुर्घटना हिमाञ्चल प्रदेशको किनाउर र चाम्बा जिल्लामा भएका हुन् । शनिबार बिहान किनाउर जिल्लामा एक जिप सडकबाट ३०४ मिटर तल खस्दा त्यसमा रहेका १३ जना यात्रुको ज्यान गएको छ ।
मारिनेमा दश जना एकै गाउका नागरिक रहेका छन् । स्थानीय प्रहरी अधिकारी सुरिन्दर मोहनले त्यस दुर्घटनामा परी अरु केही यात्रु घाइते भएको पनि जनाइएको छ ।

त्यसैगरी शुक्रबार राति अर्काे जिल्ला चाम्बामा भएको यस्तै सडक दुर्घटनामा परी १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परी थप २३ जना नराम्ररी घाइते भएका पनि समाचारमा जनाइएको छ ।
चाम्बा जिल्लाका प्रहरी अधिकारी अजय पराशरले भने– उक्त दुर्घटनामा परी सात जनाको घटनास्थलमै ज्यान गएको थियो भने थप दशको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
भारतमा यसरी सडक दुर्घटनामा परी ज्यान जाने विषय पछिल्ला दिनहरुमा सामान्यजस्तो बन्न पुगेको छ ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्कअनुसार भारतमा यसरी सडक दुर्घटनामा परी ज्यान जाने व्यक्तिको सङ्ख्या वर्षेनी कम्तीमा पनि दुई लाख पुग्ने गरेको छ ।
भारत विश्वमा नै सडक दुर्घटनामा सबैभन्दा धेरै नागरिकको ज्यान जाने देशमा पर्दछ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger