Headlines News :
Home » » जोगीले खुलासा गरे पूर्वयुवराज पारसको चाहना..

जोगीले खुलासा गरे पूर्वयुवराज पारसको चाहना..

Written By news on Wednesday, 29 June 2016 | 21:51


चितवन–
पूर्व युवराज पारस शाहले राष्ट्र सुध्रियोस् भन्ने तीब्र चाहना राख्ने गरेको उनका निकटतम साथी तथा केहि वर्षयता जोगी बनेका प्रवञ्जन बहादुर सिंहले बताएका छन् ।
पारस शाहलाई एक हप्ता अगाडि मात्रै खप्तड क्षेत्रको भ्रमण गराएर चितवन हुँदै काठमाण्डौ फर्कन लागेका सिंहले रातोपाटीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

विश्वको एकमात्र हिन्दु राष्ट्रको अस्तित्व मेटाएर धर्मनिरपेक्ष घोषणा गरि मुलुक खण्डित गर्दै समाप्त पार्ने खेल भएकाले यस्तो काम हुन दिन नहुने उनको धारणा रहेको आफूलाई स्वामी व्याघ्र वेदनाथ बन्न रुचाउने सिंहले बताए ।

पारस शाहलाई राजा हुनु नहुनु भन्दा पनि मुलुक रहनु पर्ने र राष्ट्रियता रक्षा हुनु पर्ने भन्ने कुरा बढि चिन्ता रहेको उनको भनाई छ ।
‘नेपालमा राजतन्त्र फर्के पनि उनमा राजा हुने चाहना छैन तर नेपाल हिन्दु राष्ट्रचाहि हुनै पर्छ भन्ने अडानमा उहाँ हुनुहुन्छ’, सिंहले भने ।
उनले नेपालमा राष्ट्र हित र जनहितमा काम गर्ने जनप्रेमी शासकको खाँचो समेत पारसले महसुस गरेको बताए ।

छिमेकी मुलुकको हस्तक्षेप, नेपाली युवाको बिदेश पलाएन, त्यहाँ भोग्नु परेको पिडा र मुलुकमा देखिएको लामो राजनितिक अस्थिरताले मुलुक दिनानु दिन संकटमा परेको भन्दै पारसले मुलुकको दीर्घकालिन निकासका लागि आफुसँग बारम्वार कुरा राख्ने गरेको सिंहले बताए ।
पारसले सर्वसाधारण नागरिक सरह युवाहरुको साथमा सामाजिक सहकार्य गर्ने मनसाय समेत बनाएको उनले बताए ।
मुलुक हिन्दु राष्ट्र स्थापना गर्न र बैदिक सनातन धर्मको संरक्षणका लागि भन्दै सिँह बिगत तिन वर्ष यता बिभिन्न कुटीहरुमा जोगी जीवन बिताइरहेका छन् ।
निकटस्थ मिल्ने साथीको सन्यासीयुक्त जीवनबाट लोभिएर पारस साहले पनि आफनो बाँकी जीवन आम नागरिकसंग हातेमालो गर्दै बिताउन चाहेको उनी निकटका साथीहरुले बताउँदै आएका छन् ।
साह दुई साता अगाडि मात्रै खप्तड क्षेत्रमा पुगी खप्तड बाबाको कुटीमा बसेका थिए । उनी आम नागरिकको अवस्था र युवाको चाहना बुझ्ने उद्देश्यका साथ पनि त्यहाँ गएको बुझिएको छ ।
साह त्यहाँबाट चितवन हुँदै काठमाडौ फर्किसकेका छन् ।
लामो समय थाइल्याण्ड बसेर नेपाल फर्किएका पारस अहिले राजधानीमै रहेको भएपनि परिवारसँग सम्बन्ध राम्रो नभएको बताइन्छ ।
तर, कुलतमा समेत फसेका भनिएका पारस पछिल्लो समय निकै सुध्रिएको उनका साथीहरु बताउँछन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger