Headlines News :
Home » » जंगली च्याउ खाँदा सिंगो गाउँ नै अस्पताल भर्ना, ६ जनाको अवस्था गम्भिर..

जंगली च्याउ खाँदा सिंगो गाउँ नै अस्पताल भर्ना, ६ जनाको अवस्था गम्भिर..

Written By news on Friday, 24 June 2016 | 01:34


नुवाकोट –
विशालु जंगली च्याउ खाँदा नुवाकोटको एउटा सिंगो गाउँका स्थानीयहरु नै बिरामी परेका छन् । बिहीबार साँझ सामरी–६ मैबल गाउँका स्थानीयहरु मिलेर जंगलबाट खोजेर ल्याएको विशालु च्याउ खाएपछि बिरामी परेका हुन् । बिरामी परेका ३१ जनाको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ भने विषाक्त च्याउको सेवनबाट गम्भिर भएका ६ जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । ‘४÷५ जना बुढाहरुले दिनभरी जंगलमा च्याउ खोजेर साँझपख च्याउ ल्याए र ८ घरले मिलेर बाँडीचुँडी पकाएर खायौँ, मैबलका स्थानीय युवा आइतमान तामाङले भने, ‘उहाँहरुले खानहुन्छ भनेपछि सबैले विश्वास लाग्यो, तर, खाएपछि एक्कासी बिरामी भयौँ अनि वान्ता आउने र बहुलाझैँ गाउँका सबै एकैचोटी बर्बराउन थाले ।’


बिरामी भएर अस्पताल भर्ना भएका स्थानीयका अनुसार बेलुका ८ बजेको समयमा खानासँगै जंगली च्याउ पकाएर खाएका गाउँलेहरुले केही समयमै वान्ता गर्ने, टाउको दुख्ने, रिँगटा लाग्ने र बर्बराउने जस्ता लक्षण देखाउन थालेका थिए । ‘तर, गाडी खोजेर समयमै अस्पताल आउन पाएका कारण बाँचिएला जस्तो छ । नत्र, उतै मरिने रहेछौँ’ त्रिशूली अस्पतालमा उपचाररत रस्मिता तामाङले भनिन् । रस्मिताका अनुसार गाउँका अन्य व्यक्तिहरुसँगै उनका हजुरबुबा कामी तामाङले पनि जंगलबाट च्याउ ल्याएर उनको ६ जनाको परिवारलाई खुवाएका थिए । च्याउको सेवनबाट बिरामी परेकामध्ये ८ जना बालबालिकाहरुसमेत छन् । उनीहरुको अवस्था पनि गम्भिर रहेको अस्पतालले जनाएको छ । च्याउ खाएर बिरामी भएकाहरुमा गर्भवती महिलासमेत विरामी परेका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार यसरी विशालु च्याउको सेवनले पेटमा रहेको शिशुलाई समेत गम्भिर असर पु¥याउन सक्ने जाँचको क्रममा देखिएको जानकारी दिए । ‘च्याउ खानेबित्तिकै सबैले वान्ता गरेका थिए र हतार–हतार अस्पताल ल्यायौँ, सामरीकी स्थानीय महिला रमिता तामाङले भनिन् । यस गाउँका स्थानीयले प्रायःजसो जंंगलबाट ल्याएको च्याउ खाने गरेका थिए । तर, यसपटक भने गाउँलेहरु यसरी बिरामी परेको पहिलोपटकको घटना भएको गाउँलेहरु बताउँछन् । विशाक्त च्याउको असरले बिरामीहरु बर्बराउने, कराउने, हातगोडा फ्याँक्ने, असामान्य व्यवहार देखाउने र मानसिक रुपमा सन्तुलन गुमाउने जस्ता लक्षणहरु देखिएको बिरामीहरुको उपचारमा संलग्न चिकित्सक डा. किसन नेपालीले जानकारी दिए । ‘कतिपय च्याउमा अत्याधिक विषको असर हुन्छ र जसले ज्यानसमेत लिइदिन्छ, उनले भने, ‘यहाँ आएका सबैजसो विरामीहरुमा मसरुम इजनिङ र मसरुम टक्सिसिटी छ । उपचारपछि सामान्य अवस्थामा फर्किन केही समय लाग्न सक्छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger