Headlines News :
Home » » सृष्टिबारे ‘रिसर्च’ गर्नुअघि..

सृष्टिबारे ‘रिसर्च’ गर्नुअघि..

Written By news on Thursday, 23 June 2016 | 01:24


हलमा सफलतापूर्वक चलिरहेको फिल्म ‘गाजलु’ की हिरोइन हुन्, सृष्टि श्रेष्ठ । पूर्व मिस नेपालसमेत रहेकी यिनलाई यदि तपाईं कुनै प्रश्न सोध्दै हुनुहुन्छ भने होसियार रहनुहोला ! उनलाई प्रश्न सोध्नुअघि उनीबारे ‘रिसर्च’ गर्नुहोला र उनले के पढेकी हुन्, त्यो जान्नुहोला ।
मंगलवार उनको गृहनगर चितवनमा आयोजित ‘गाजलु’को प्रेस–मिटमा उनले देखाएको हर्कतले यस्तै संकेत गरेको छ । ‘फिल्म खेल्ने रहर थियो कि मिस नेपाल भएपछि त्यही चर्चालाई क्यास गरूँ भनेर फिल्म खेल्नुभएको हो ?’ भन्ने एक रंगपत्रकारको प्रश्नमा उनी रिसाइन् । उल्टै प्रतिप्रश्न गरिन्– ‘तपाईंले मेरो बारेमा केही रिसर्च गर्नु भा’छ, मलाई यो प्रश्न सोध्नुअगाडि ?’
उनले पत्रकारसँग झोक्किँदै गरेको यो व्यवहारले अहिले चर्चा पाइरहेको छ । युट्युबमा भिडियो भाइरल भइरहेको छ । कार्यक्रममा उनी यतिमै रोकिएकी थिइनन् । ‘तपाईंलाई थाहा छ मैले के पढेको छु ? पहिले त्यो थाहा गर्नू, अनि प्रश्न गर्नू,’ उनले थप झोक व्यक्त गरेकी थिइन् । नवअभिनेत्री रहेकी सृष्टिको यस्तो व्यवहारपछि अहिले फिल्म जगत्मा ठट्टा गर्न थालिएको छ,  ‘सृष्टिसँग अन्तर्वार्ता लिन त उनीबारे रिसर्च पो गर्नुपर्ने रहेछ !’
फिल्म क्षेत्रमा भर्खर प्रवेश गरेकी हुन् उनी । मिस नेपाल भएपछि नै सेलिब्रिटी भइसकेकी थिइन् । अरूलाई पनि सेलिब्रिटीलाई यस्तै सार्वजनिक समारोहमा केही सोध्न मन लाग्ला  । तुरुन्तै रिसर्च गर्न कहाँ जानु ? त्यसैले सृष्टिका बारेमा यति चाहिँ थाहा पाइराख्नुहोस् ।



कसरी भइन् मिस नेपाल ?
थाहा पाउनैपर्ने पहिलो कुरा हो यो । उनलाई मिडियादेखि सर्वसाधारणले चिनेको भनेको मिस नेपाल भएपछि नै हो । त्यसैले मिस नेपाल कसरी भइन् भन्ने कुरा पहिले थाहा पाउन जरुरी छ । उनी मिस नेपाल २०१२ हुन् । एकचोटि सम्झिनुहोस्, त्यही बेला हो मिस नेपालमा ‘म्याच फिक्सिङ’ भएको हल्ला बेस्सरी चलेको । हल्लामात्रै होइन, समाचार पनि आएका थिए । यदि ती समाचार गलत भएका भए, यति सानो कुरामा यसरी तात्ने सृष्टिले कस्तो ‘रियाक्ट’ गर्थिन् होला ?
सृष्टि मिस नेपाल आफैँ नभएर आयोजक संस्थाको आशीर्वादले बनेकी हुन् भन्ने त्यो बेलाका समाचारको न उनले खण्डन गर्न सकिन्, न आयोजकले ।  उनलाई मिस नेपालका लागि आयोजक संस्थाले नै बोलाएको थियो । यो कुरा उनका बुबा ईश्वर श्रेष्ठले त्यही बेला  स्विकारेको त्यो बेलाका समाचार ‘रिसर्च’ गर्दा भेटिएको छ । समाचारमा उल्लेख छ– मिस नेपालको आवेदन खुलेर बन्द हुँदासम्म सृष्टि सहभागी हुने कुनै मेलोमेसो थिएन र आयोजकले अन्तिम सूचीमा २३ जनाको सूची  निकालेपछि उनको प्रवेश भएको थियो । त्यसैले त्यतिबेला प्रायोजकका सामग्री प्रमोसन (हिरो होन्डा) का लागि लिइएको तस्बिरमा पनि सृष्टिको अनुहार छैन ।


सन्नीको ठाउँमा सृष्टि
फिल्म ‘ज्याकपट’ हेर्नुभएको छ ? त्यो नहेरेको भए पनि ‘कभी जो बादल बर्से’ भन्ने हिन्दी गीत सुन्नुभएको होला र धेरैले भिडियो पनि हेर्नुभएको होला । अभिनेता सचिन जोशीसँग अभिनेत्री सन्नी लियोनले अभिनय गरेकी छिन् यसमा । पछि त्यसको ‘कभर भर्सन’ आयो, जहाँ सन्नीको ठाउँमा सृष्टि श्रेष्ठले अभिनय गरेकी थिइन् । त्यहाँ उनको हट अवतारमात्रै छैन, टङ किससहितको अन्तरंग दृश्य पनि छ । बलिउडमा प्रवेश गर्नका लागि उनले आफूलाई ‘त्यसरी’ प्रस्तुत गरेकी थिइन् भन्ने धेरैले लख काटे । तर, उनले बलिउडका कुनै फिल्ममा काम गरेको भन्ने चाहिँ अहिलेसम्म सुनिएको छैन ।
‘गाजलु’मा त देख्नुभयो होला
फिल्म ‘गाजलु’ कतिले हेर्नुभयो ? जतिले हेर्नुभएको छ, त्यतिले उनी र उनको अभिनय क्षमता देख्नुभयो होला । एउटा कुरामा चाहिँ नझुक्किनुहोस् है, ‘गाजलु’ उनका कारण हिट भएको होइन । यदि कसैलाई उनी पनि भएकाले हिट भएको हो भन्ने लाग्छ भने भन्नुहोस्– अनमोल केसी अभिनीत कुन फिल्म फ्लप भएको छ ? निर्देशक हेमराज बीसीले प्रेम कहानीमा बनाएका फिल्म कहिले फ्लप भए ?
जहाँसम्म अभिनयको कुरा छ । त्यसमा त सलोन बस्नेत र मेनुका प्रधान खरो उत्रिएको हेर्नेले देखेकै कुरा हो । सृष्टिले कहाँ के पढिन्, रिसर्च गर्न अझै भ्याइएन । तर, यही नेपालका धुलोमाटोमा अभिनय सिकेका÷पढेका यी दुईको अभिनय सृष्टिको भन्दा अब्बल देखिएको छ भन्न चाहिँ एउटा दर्शकका नाताले कत्ति पनि हिचकिचाउनुपर्दैन ।
र, रूपको कुरा
यो विषयलाई छाड्न हुँदैन । सृष्टि राम्री छिन् भन्न हिचकिचाउनु पनि हुँदैन । उनको लवाइ पनि प्रशंसायोग्य छ । फिल्ममा अभिनयको प्रस्ताव आउनु वा मिस नेपाल बन्नु (वा बनाइनु ) मा उनको रूपको पनि ठूलो  भूमिका छ । तर, हाम्रा बूढापाका ‘रूप र धनको घमण्ड नगर्नू’ भन्छन् । न आफैँले आर्जन गरेको कुरा हो यो, न यो जीवनपर्यन्त यस्तै रहन्छ । त्यसमाथि, राम्रो या राम्री तथा नराम्रो या नराम्री भनेको त खास सौन्दर्य दृष्टिकोणको कुरा हो । जस्तो, अफ्रिकी सौन्दर्य दृष्टिकोणले बाक्लो ओठ र ठूलो नाकलाई सुन्दरताको मानक मान्छ ।
सृष्टिले बुझ्नुपर्ने कुरा के हो भने अहंकार या बडप्पनले कसैलाई पनि सुन्दर बनाएको छैन । सौन्दर्यबारे उनले चाहिँ अलिक ‘रिसर्च’ गरे हुन्थ्यो ।


पत्रकार सृष्टि खोज्दै गएका हुन् र ?
स्पष्ट हुनुपर्ने कुरा के भने बहस गर्नुप¥यो भनेर पत्रकार सृष्टिलाई खोज्दै गएका होइनन् । फिल्मको टिम (सृष्टि पनि) ले ‘अन्तरक्रिया गरौँ’ भनेर बोलाइएका पत्रकार हुन् । त्यो पनि काठमाडौँ होइन, चितवनमा । त्यहाँका पत्रकारले सोचेकै हुँदैनन् कि सृष्टिजीहरू यसरी आइदेलान्, अनि प्रश्न गर्न पाइएला भनेर । एक्कासि आफ्नै फिल्मको प्रचारका लागि उनी गइदिइन् । पत्रकारहरू उनकै सम्मानका लागि कार्यक्रममा गइदिए । सृष्टिले भन्नुप¥यो अब– त्यसरी बोलाइयो भने उनी कार्यक्रममा जान्छिन् कि बोलाउने मान्छेका बारेमा रिसर्च गर्छिन् ?
सृष्टिकै भाषामा भन्ने हो भने पत्रकारको प्रश्न सोध्ने शैली मिलेन होला । तर, त्यो भिडियोमा पत्रकारले प्रश्न होइन, जिज्ञासा राखेको देखिन्छ । भनिरहेका छन्– ‘तपाईंलाई फिल्म खेल्ने रहर थियो कि मिस नेपाल भएपछि नाम क्यास भइहाल्यो फिल्म पनि खेलौँ भनेर खेल्नुभएको हो ?’ फेरि अनुनय गरेका छन्– ‘केही भनिदिनू न !’  यहाँनेर रिसर्च गर्ने कुरा कहाँबाट आयो ? फेरि उनको फिल्म खेल्ने रहर पहिल्यै थियो कि मिस नेपाल बनेपछि जाग्यो भन्ने कुराको रिसर्च गर्न कहाँ जानु, हौ ?

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger