Headlines News :
Home » » केबलकार चढेर आधा घण्टामा बौद्धबाट ताहचल !..........हेर्नुहोस....

केबलकार चढेर आधा घण्टामा बौद्धबाट ताहचल !..........हेर्नुहोस....

Written By news on Wednesday, 8 June 2016 | 01:20

काठमाडौं–राजधानीको बौद्धदेखि ताहचलसम्म केबलकार सञ्चालनमा आउने भएको छ। यो दुरी मात्रै आधा घण्टामा तय गर्न सकिने छ।हालै गरिएको एक अध्ययनले केबलकार संचालन संभव भएको देखाएको हो। सार्वजनिक यातायात वा निजी साधन जस्तै आधा घण्टामा पुगिने सो गन्तब्यको अनुमानित एक तर्फी भाडादर मात्र ४० रुपैयाँ लाग्ने छ।


२५० केवलकार रहने उक्त रुटमा सात केवलकार स्टप प्रस्ताव गरिएको छ भने केवल कार जमिनभन्दा एक सयदेखि दुई सय फिट माथि रहने भएकाले दृश्यावलोकका साथै पर्यटनको विकासमा पनि प्रचुर सम्भावना रहने छ। सो अध्ययनले सामाजिक र वातावरणीय पक्षलाई समेट्दै दैनिक ६० हजार यात्रुले केवलकारको प्रयोग गर्ने अनुमान गरेको छ। भौतिक योजना तथा यातायात मन्त्रालयका अध्ययन समितिका प्रमुख तथा आयोजनाका प्रमुख श्याममोहन श्रेष्ठले आयोजना सहरमा चालु रहेका यातायातको विकल्पको रुपमा केबलकार रहेको बताए। सो आयोजनको अध्ययन फ्रान्स सरकारको प्राविधिक सहयोगमा गरिएको हो।

नेपाल–फ्रान्स चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्षसमेत रहेका श्रेष्ठले यस आयोजनाले ५० देखि ६० प्रतिशत समयको बचत गर्नुका साथै वातावरण मैत्रीपनि रहने बताए । दैनिक १२ घण्टा संचालनमा आउने उक्त आयोजनाको लागि २.८ मेगावट पावर लाग्ने अनुमान गरिएको छ। सो अध्ययन अनुसार आयोजनाका लागि तीन चरणको विकास योजना अघि सारिएको छ। उक्त आयोजनाका लागि १२ मिलियन युरो लागत लाग्ने अनुमान गरिएको छ। विस्तृत आर्थिक अध्ययन आगामी ६ महिना भित्र बुभाइने छ। उक्त सम्भाव्यता अध्ययनले लगनखेलदेखि जमल, टंकेश्वरदेखि गंगबु बसपार्क र कलंकीदेखि रत्नपार्कसम्म गरी तीन रुट रहने देखाएको छ।

फ्रान्सका सिस्ट्रा र एमडिएफ दुई निर्माण कम्पनि सहभागी सो अध्ययनमा रुट सम्बन्धि विस्तृत अध्ययन अझै गर्न बाँकी छ। सोमबार आयोजित एक समारोहमा नेपालका लागि फ्रान्सका राजदूत यिभिस कारमोनाले भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव अर्जुन कार्कीलाई उक्त अध्ययन विवरण बुझाएका थिए। मन्त्रालयले गत फेब्रेवरीमा उक्त अध्ययनको स्वीकृित दिएको थियो। यता योजना विज्ञ सुर्यराज आचार्यले भने यस आयोजनाले आवश्यकता अनुरुप सर्वसाधरणलाई यातायात सेवा दिन नसक्ने भन्दै केवलकार सम्बन्धि योजनामा आफू विश्वस्त नरहेको बताए। उनले छोटो अवधिमा हजारौं सर्वसाधरणको सुविधाका लागि बुढालीनकण्ठदेखि सातदोबाटो र भक्तपुरदेखि कलंकीसम्म मेर्टो रेल सेवा अवश्यक रहेको बताए।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger