Headlines News :
Home » » भत्ता कटौती गरेको भन्दै कर्मचारी आन्दोलित...

भत्ता कटौती गरेको भन्दै कर्मचारी आन्दोलित...

Written By news on Monday, 6 June 2016 | 00:53

मेलम्ची, २४ जेठ : नेपाल निर्माण सम्बद्ध श्रमिक सङ्घ नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड इन्द्रावती तेस्रो जलविद्युत् एकाइमा कार्यरत कर्मचारीले भत्ता कटौती भएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

कम्पनीको सञ्चालक समितिले आफ्नो विगत सात वर्ष अगाडिदेखि खाइपाइ आएको भत्ता गत नयाँ वर्षको वैशाखबाट कटौती गरेकोलगायत विषयमा बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।  संशोधित कर्मचारी विनियमावली–२०६४ मा समेत उल्लेख गरिएको सरकारी तलब भत्ता वृद्धि हुँदा कर्मचारीको तलब सोहीअनुसार समायोजन गरिने भन्ने बुँदालाई इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाले कर्मचारीको तलब वृद्धि हुँदाको विषयलाई लाद्ने काम गरेको भन्दै आन्दोलनमा उत्रिन बाध्य भएको नेपाल निर्माण सम्बद्ध श्रमिक सङ्घ नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड इन्द्रावती तेस्रो जलविद्युत् जिल्ला सचिव सागर खड्काले बताए ।
कर्मचारीले खाइपाइ आएको तलब भत्ता तथा सरकारी तलब भत्ता वृद्धि भएअनुसार समायोजन गरिनुपर्ने, एक तह स्वतः बढुवा गरिनुपर्ने, वार्षिक ग्रेड थपको व्यवस्था नियमित लागू गरिनुपर्ने, उपदान तथा स्वेच्छिक अवकाश कोष खडा गरिनुपर्ने, कर्मचारीको आवासलगायतको व्यवस्था गरिदिनुपर्नेजस्ता मागको सुनुवाइ नभएपछि काठमाडौँमा रहेको केन्द्रीय कार्यालयमा तालाबन्दीसमेत गर्ने खड्काले बताए ।

कार्यालयमा हुने सम्पूर्ण काम ठप्प हुने गरी अनिश्चितकालीन तालाबन्दी गर्ने सङ्घको निर्णयअनुसार लागिपरेको नेपाल निर्माण सम्बद्ध श्रमिक सङ्घ नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड इन्द्रावती तेस्रो जलविद्युत् एकाइका सचिव ईश्वरमान दोङले बताए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger