
अखबर पाना,,,कुटपिट गरेर तथा धम्क्याएर अभियुक्तलाई घटनाबारे बोल्न लगाउने प्रहरीको अनुसन्धान शैली फेरिँदै गएको छ । अपराध अनुसन्धानमा नेपाल प्रहरीले झुटो बोलेको पत्ता लगाउने आधुनिक पोलिग्राफ प्रविधिलाई प्राथमिकता दिएको छ । नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ । दुई वर्षमा हजारभन्दा धेरै घटनामा प्रहरीले पोलिग्राफको सहयोगमा अनुसन्धान गरेको छ । प्रहरीले २३ माघ ०७० बाट अपराध अनुसन्धानमा पोलिग्राफ टेस्ट सुरु गरेको थियो । त्यसयता एक हजार १५ जना अभियुक्तमाथि पोलिग्राफ टेस्ट गरिएको अपराध अनुसन्धान विभागका एआइजी विज्ञानराज शर्माले बताए । ‘पोलिग्राफ टेस्टबाट धेरै जटिल घटनाको अनुसन्धान सुल्झिएको छ,’ एआइजी शर्माले भने, ‘अदालतले पनि सहायक प्रमाणमा रूपमा स्वीकार गर्ने भएकाले मुद्दा पनि बलियो हुने गरेको छ।’ फुटबल खेलाडी विमल घर्तीमगरकी बहिनी मनीषाको मृत्युको छानबिनमा केही दिनअघि मात्र प्रहरीले मनीषाका प्रेमी आशिष चौधरीको पोलिग्राफ टेस्ट गरेको थियो । चौधरीले मनीषा झुन्डिएको बताएकोमा पोलिग्राफ टेस्टमा पनि उनले नढाँटको रिपोर्ट आएको थियो। जसले घटनाको अनुसन्धानलाई सहज बनायो । हालसम्मका एक हजार १५ मध्ये पोलिग्राफ टेस्टमा तीन सय ८५ जनाले ढाँटेको पुष्टि भएको थियो । ६५ जना अभियुक्तले पोलिग्राफ टेस्ट गर्नेबित्तिकै अपराध स्विकारेका थिए । त्यसअघि प्रहरीले पटक–पटक सोध्दा पनि उनीहरूले अपराध स्विकारेका थिएनन् । त्यस्तै अनुसन्धानमा तानिएका चार सय ९० जनाले भने सोधपुछकै क्रममा नढाँटेको पोलिग्राफ टेस्टको रिपोर्ट आएको थियो । टेस्ट गरिएकामध्ये ७५ जनाको अस्पष्ट रिपोर्ट आएको छ । पोलिग्राफले अभियुक्त पत्ता लाग्ने मात्र होइन अनुसन्धानका लागि पक्राउ परेका निर्दोष व्यक्ति पनि छुट्ने गरेका छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment