Headlines News :
Home » » युरोपियन युनियनबाट बाहिरिएकोमा पछुताउँदैछ बेलायत ?

युरोपियन युनियनबाट बाहिरिएकोमा पछुताउँदैछ बेलायत ?

Written By news on Monday, 27 June 2016 | 21:58


बेलायतमा १० लाखभन्दा बढीले एक आवेदनमा हस्ताक्षर गरेर युरोपियन युनियनबाट बाहिरिने वा नबाहिरिनेबारे फेरि जनमत संग्रह गर्न माग गरेका छन् । उनीहरुको तर्क छ कि कुल मतदाता मध्ये ७५ प्रतिशतले मतदान गरेका छन्, जसमा मात्र ५२ प्रतिशतले युनियनबाट अलग हुने मत लिएका छन् । यस आधारमा मात्र निर्णय लिनु गलत हुने उनहिरुले बताएका छन् ।
 यो अभियान सुरु भएपछि एक समय यति धेरै मानिसले हस्ताक्षर गर्न चाहेका थिए कि वेबसाइट नै क्रास भयो । युरोपियन युनियनबाट अलग हुने पक्षमा मत देखिएका केही मानिस पछुताइरहेका छन् । र, उनीहरुको भनाइ छ कि जितिन्छ भन्ने विश्वास नै थिएन ।
 पश्चाताप व्यक्त गर्ने सिलसिला यसरी चलेको छ कि सामाजिक सञ्जालमा रिग्रेक्सिट ट्रेण्ड नै भएको छ । लण्डनमा पनि एक अनलाइन आवेदन सुरु भएको छ, जसमा लण्डनलाई ‘स्वतन्त्र राष्ट्र’ घोषित गर्न आहृवान गरिएको छ । जहाँ हजारौंले समर्थन जनाएका छन् ।
 यता स्कटल्याण्ड नेशनल पार्टीकी नेता निकोला स्टरगियोनले स्कटल्याण्डमा फेरि जनमत संग्रह गराउन आवश्यक कानुन बनाउने बताएकी छन् । साथै युरोपियन युनियनबाट बाहिर रहँदा बेलायतमा पर्ने असरबारे छलफल गर्न बैठक समेत बोलाइकी छन् ।
 कसैले पनि ईयू छाड्न बाध्य पार्न नसक्ने उनले बताएकी छन् । युरोपियन संघसँगको सम्वन्ध कायम राख्न आफ्नो सरकारले तत्काल वार्ता गर्ने उनले बताइन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger