Headlines News :
Home » » ​१५ वर्षपछि जागिर छाडे पनि कार्यक्रम छाड्न सकिनन् सविनाले, आखिर 'यो माया भन्ने चिज यस्तै हो'

​१५ वर्षपछि जागिर छाडे पनि कार्यक्रम छाड्न सकिनन् सविनाले, आखिर 'यो माया भन्ने चिज यस्तै हो'

Written By news on Friday, 24 June 2016 | 04:54


"१५ वर्ष बिते रेडियो तरङ्गमा। तपाईँलाई लाग्दो हो यो लामो यात्रा हो। तर जति गहिरिँदै गयो त्यतिनै नयाँ लाग्छ यो संसार अनि लाग्छ गर्न अझै धेरै बाँकी छ।"

यस्तै लेखेर प्रस्तोता सबिना कार्कीले रेडियो कान्तिपुरबाट बिदा लिएको घोषणा बिहीबार गरिन्।

१५ वर्ष लामो रेडियो यात्रामा आवाजको माध्यमबाट उनले धेरैको कथा सुनाइन्, धेरैको कथा पढिन्। यो पटक भने उनले फेसबुकमा अडियो सर्वाजनिक गर्दै आफ्नो रेडियो यात्राको कथा सुनाइन्।

सानैदेखि रेडियोको नियमित स्रोता उनी। रेडियो सुन्ने मात्र होइन, रेडियो कार्यक्रममा फोन गर्ने र चिठ्ठी पठाउने पनि गर्थिन्। उनको सात कक्षा पढ्दा देखिको सपना थियो रेडियोमा बोल्ने।

सबिनाले पहिलोपोस्टसँग भनिन्, 'मनैदेखि चाहेको कुरा पूरा हुन्छ भन्छन्। शायद त्यस्तै भयो। मेरो सपना पूरा भयो। मैले ११ कक्षा पढ्दा नै कान्तिपुरमा कार्यक्रम चलाउन पाएँ। त्यो पनि खुल्ला प्रतियोगिताबाट छानिएर।'

त्यो समय परिवारमा सबिनाले रेडियोमा काम गर्नु सहज मानेका थिएनन्। कक्षा ११ सम्म सबै परीक्षा टप गर्ने उनको रेडियोमा काम सुरु गरेपछि पहिलो पटक सेकेण्ड डिभिजन आउनाले उनको बुवामा तनाव पैदा गरिदियो। भन्थे, 'अब एफएममै गएर तँलाई कामबाट निकाल्दिनु भन्छु।'

तर सबिनाको रेडियो मोह र आवाज तरङ्गमा जमेको उनको स्वरले गर्दा उनको बुवाले चाहेको जस्तो हुन सकेन। सबिनाले निरन्तर गरिरहिन् आवाज सँगको यात्रा। कमाइन् लाखौं स्रोताको प्रेम, साथ र सहयात्रा। यसबीच उनले थुप्रै कार्यक्रम चलाइन्। १० हजार घण्टा अन एयर बसेको र चार हजार भन्दा बढी अन्तर्वाता लिएको दाबी उनको छ।

उनले कहिले पनि रेडियोको विकल्प खोजिनन्। ११ पढ्दै गर्दा सुरु गरेको यात्रा आज उनी मास्टर्सलाई पढाउने भएकी छिन्।

आफ्नो लामो आवाज यात्रा बारे उनले अडियोमा भनेकी छिन्,' रेडियोमा बोल्न गाह्रो हुन्छ। त्यो भन्दा बढी रेडियोमा टिकी रहन हुन्छ।'
उनले आवाज बिकाउन सकिन्, त्यसैले आजसम्म आफैलाई रेडियोमा टिकाउन सकिन्।

कार्कीको 'यो माया भन्ने चिज यस्तै हो'  कार्यक्रमले निकै चर्चा कमायो। यो कार्यक्रम र सबिना कार्की त पर्यायवाची सरह भएको छ। प्रेम जीवनमा महसुस गरेका, भोगेका, देखेका, सुनेका कुराहरुको सङ्गालो सो कार्यक्रमले सबिनालाई फेसबुकमा चार लाख, ट्विटरमा चालिस हजार फ्यान पनि दियो।

प्रेम कार्यक्रमले छुट्टै उचाई दिएको उनलाई प्रेम प्रस्ताव र पत्र अहिले पनि थुप्रै आउँछन्। विवाह अघि त यतिसम्म भयो कि उनको एक स्रोता आमालाई लिएर उनको हात माग्न एफएम कार्यालयमै आइपुगे।

सबिना कार्कीले सुनाइन्, 'अहिले पोते लगाएको फोटो राख्दा समेत फ्यान घटेका छैनन्। तर मैले ती सबैलाई आफ्नो शुभचिन्तक मानेकी छु जसले मलाई अझ राम्रो कार्यक्रम प्रस्तुत गर्न प्रोत्साहन गर्छन्।'

ती स्रोता अनि फ्यानलाई अलि खल्लो लाग्ला, अब कार्यक्रममा उनको स्वर सुनिँदैन। तर उनले आवाजको तरङ्ग दिन भने छोड्ने छैनन्। उनी 'सब्सकास्ट'मार्फत् स्रोता सामु प्रस्तुत हुनेछिन्।

कार्यक्रमकै क्रममा भएको विदेश यात्रामा उनले पडकास्ट क्रेज देखिन्। सयौं मान्छेले डाउनलोड गर्दै कार्यक्रम सुनेको देखेर उनलाई अचम्म लाग्यो। बढ्दो इन्टरनेट प्रयोगकर्ता र नेपालमा इन्टरनेटमार्फत् हुने कास्टिङको महत्व बारे सोचिन्। र, सबिना एक्लैले आँटिन् 'सब्सकास्ट' सुरु गर्न।
पडकास्टलाई सबिनाको नामसित जोडेर उनले आफ्नै शब्द बनाएकी हुन्- सब्सकास्ट।

● स्वेच्छा राउत/पहिलोपोस्ट -

उनले हामीसँग भनिन्,'कुनै मिडियामा बाँधिएर काम गर्दा सँधै स्रोताले चाहेको दिन सकिंदैन। कहिले आफैले चाहेको पनि प्रस्तुत गर्न पाइँदैन। त्यसैले अब खुल्ला भएर स्रोताको लागि स्वर अनि शब्द खेती गर्न चाहन्छु।'

उनले अब आफू स्रोताको माझ पुगेर उनीहरुले चाहेको कुरा आफ्नो इन्टर्नेट कास्टिङमार्फत् सम्बोधन गर्ने बताइन्।

'समयको बहावलाई चिनेर बग्ने गर, उनले यही भनाईलाई आत्मसात गरिन्। त्यसैले प्रविधिको विकास र इन्टरनेट प्रयोगले मारेको फड्कोलाई सदुपयोग गर्ने बारे सोचिन्।

उनले रेडियो छोडिन् तर उनको आवाजको यात्रा भने रोक्किएको छैन। उनी अब आफू मात्र बोल्ने छैनन्। एप्पल फोन प्रयोगकर्ताले पड्कास्ट र एन्ड्रोइड प्रयोगकर्ताले साउन्ड्क्लाउड मार्फत उनलाई सुन्न पाउनेछन्।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger