|
|
अबको उनको भ्रमण विगतको जस्तो नहुन सक्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी या भारत सरकारको औपचारिक निमन्त्रणामा पूर्व महाराज तथा हिन्दू सम्राटको रुपमा ज्ञानेन्द्र शाहको नयाँदिल्ली भ्रमण हुन सक्छ । कुनै पद र हैसियतमा नरहेका ज्ञानेन्द्र शाहलाई औपचारिक भ्रमण बेलाउन भारतले तयारी गरिरहेको बुझिन्छ ।
यो खबरले पूर्व महाराजाका पक्षधरहरु निकै उत्साहित भएका छन् ।
भारतले साँच्चै नै पूर्व राजालाई आपचारिक भ्रमणमा बोलायो भने त्यसको व्यापाक राजनीतिक तथा कुटनीतिक अर्थ लाग्न सक्छ ।
रद्ध भएको राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणलाई पुनर्जीवित गर्ने र भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाइ नेपाल भ्रमण गराउने प्रयास भइरहेको बेला ज्ञानेन्द्र शाहलाई त्यसरी औपचारिक भ्रमणमा बोलाईयो भने नेपालमा राजतन्त्र पुर्नस्थापना पक्षमा भारत छ भन्ने सन्देश जानेछ ।
गणतान्त्रिक मुलुकमा मृत राजतन्त्र फर्काउने भारतीय नीति छताछुल्ला भएपछि नेपाल भारत सम्बन्ध झन अप्ठेरो अवस्थामा फस्न सक्छ ।
जानकार स्रोतहरु भन्छन् पूर्व राजा ज्ञानेन्द्र शाहलाई भारत भ्रमणमा बोलाउने तारतम्य मिलाउने दूतका रुपमा भारत सरकारका राज्यमन्त्री भीके सिंह लागिपरेका छन् ।
स्रोत भन्छ भारत जाँदा संधै ज्ञानेन्द्र शाह भीक ेसिंहको आतिथ्यमा रहन्छन् । आजको साँघु साप्ताहिकमा समाचार छ ।
|
|
Post a Comment