|
|
उनीहरुको हत्या कसले र किन गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । गीताका श्रीमान कामको शिलशिलामा भारतमा छन् । ढोकामा ताल्चा लगाएको घर भित्रबाट शवको गन्ध आएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि घटना बारे थाहा भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठले धारिलो हतियार प्रहार गरी हत्या भएको र घटना बारे अनुसन्धान भैरहेको बताउनुभयो ।
उहाँका अनुसार झण्डै एक हप्ता अघि हत्या भएको हुनसक्छ । दुवैको शव अहिले जिल्ला अस्पताल सल्लेमा राखिएको छ । घटनाको छानबिनका लागी प्रहरीले गीताका देवर, जेठाजु र जेठानीलाई पक्राउ गरेको छ ।
|
|
Post a Comment