Headlines News :
Home » » मनिषाका प्रेमी आशिषविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर, सर्वस्वसहित जन्मकैद माग..

मनिषाका प्रेमी आशिषविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर, सर्वस्वसहित जन्मकैद माग..

Written By news on Tuesday, 21 June 2016 | 00:35


६ असार, नवलपरासी ।

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीमगरको हत्या उनकै प्रेमी आशिष चौधरीले गरेको निश्कर्ष निकाल्दै नवलपरासी प्रहरीले चौधरी माथि जिल्ला अदालत नवलपरासीमा कर्तव्य ज्यान मुद्दा दायर गरेको छ ।

 घटना भएको २५ दिने अनुसन्धानपश्चात घटनास्थलमा प्रहरीले फेला पारेको प्रमाण र प्रहरीको अनुसन्धानले मनिषाको हत्यामा आशिष नै जिम्मेवार भएको निश्कर्ष निकाल्दै प्रहरीले आशिष विरुद्ध सोमबार नवलपरासी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको हो ।

 मनिषाको मृत्यु पश्चात प्रहरीले मनिषाको प्रेमी चौधरीलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । प्रहरीको नियन्त्रणमा रहेको चौधरी माथि मुलुकी ऐनको ज्यानसम्बन्धी महलको
१३ देहाय ३ बमोजिम सोमबार जिल्ला अदालत नवलपरासीमा मुद्दा दायर गरिएको नवलपरासीका सरकारी अधिवक्ता रुद्रप्रसाद पन्थीले बताए ।

 उनले मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम चौधरीलाई सर्वस्वसहित जन्मकैदको माग गरिएको बताए । ‘आज अदालतमा मुद्दा दर्ता गरेका छौं,’ भोलि अदालतमा आशिषको बयान लिइनेछ,’ सरकारी वकिल पन्थीले अनलाइनखबरसँग भने, ‘त्यसपछि अदालतद्वारा प्रमाणका आधारमा आशिषलाई कानुन बमोजिम कारवाही हुनेछ ।’

 घटनास्थलमा फेला परेका सिसाका टुक्रा, घाँटीमा लागेको पासो (कपडा), मनिषाले लगाएको च्यातिएको अन्तरवस्त्र लगायतका प्रमाण अदालतमा मनिषाको हत्याको प्रमाणस्वरुप पेश गरिएका छन् । घटनाको दिन जेठ १२ गते आशिषले प्रयोग गर्ने मोबाइल नम्बरबाट मनिषाले प्रयोग गर्ने मोबाइल नम्बरमा ८ बजेर ३२ मिनेट २७ सेकण्डमा अन्तिम कल गरेको देखिएको थियो ।

 प्रहरीले मनिषा र आशिषवीच मोबाइलमा भएको कुराकानीको कल रेकर्ड एवं मोबाइल म्यासेजमार्फत भएको कुरा लगायतका विषयमा समेत अनुसन्धान गरेको थियो । मनिषाको मृत्युको अनुसन्धान घटनामा प्रहरीले आफ्नो नियन्त्रणमा रहेका आशिष चौधरीको पोलिग्राफ परीक्षण समेत गरेको थियो ।

 अभियुक्तले दिएको बयान साँचो हो वा झूठो हो भन्ने पुष्टि गर्नका लागि प्रहरीले पोलिग्राफ वयान लिने गरिन्छ । उक्त पोलिग्राफमा परीक्षणमा आशिषलाई ‘मनिषा घर्तीमगरको मृत्यु तपाईले गराउनुभएको हो’ भन्ने प्रहरीको प्रश्नमा आशिषले ‘होइन’ भन्ने जवाफ दिएको र उक्त जवाफको पोलिग्राफ जाँच गर्दा आशिषको प्रारम्भिक बयानसँग मिलेको बताइएको थियो ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger