Headlines News :
Home » » पक्राउ पर्ने डरले १८ पाइलटले जागिर छाडे..

पक्राउ पर्ने डरले १८ पाइलटले जागिर छाडे..

Written By news on Monday, 20 June 2016 | 21:53


काठमाडौं, ७ असार ।

 एक नक्कली पाइलटलाई पक्राउ गर्दै प्रहरीले नक्कली प्रमाणपत्रको छानबिन अगाडि बढाएपछि विभिन्न एयरलाइन्स कम्पनीमा कार्यरत पाइलटले धमाधम राजीनामा दिन थालेका छन्। दुई महिनामा २२ जनाले राजीनामा दिएका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गोमा एयरका को(पाइलट विशाल कार्कीलाई पक्राउ गरेको थियो। आइएस्सी फेल भएपछि उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी पास गरेको नक्कली सर्टिफिकेट बनाएर पाइलट पढेका थिए।

अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गरिसकेको छ। कार्की पक्राउ परेपछि पाइलटहरुले राजीनामा दिन थालेको सीआईबीका निर्देशक डीआईजी नवराज सिलवालले बताए।

चिकित्सा क्षेत्रमा आइएस्सीको नक्कली प्रमाणपत्रका आधारमा एमबीबीएस पढेजस्तै पाइलट पेसामा पनि त्यस्तै प्रवृत्ति देखिएको थियो। एकजना पक्राउ परेपछि अरुले धमाधम राजीनामा दिएका हुन्।

डीआइजी सिलवालले नक्कली प्रमाणपत्रधारी पाइलटहरुमाथि पनि अनुसन्धान भइरहेको बताए। पाइलट मात्र नभई कतिपय चिकित्सकसमेत जागिर छाडेर विदेश जान थालेको स्रोत बताउँछ।

हालसम्म सीआईबीले करिब एक हजार पाँच सय चिकित्सकको शैक्षिक प्रमाणपत्र आधिकारीकता जाँच गरेकोमा करिब एक सय ५० जनाको आइएस्सीको प्रमाणपत्र नक्कली भएको पुष्टी भइसकेको छ।

जसमध्ये ५३ जना पक्राउ परिसकेका छन्। शुक्रवारमात्रै सीआइबीले ३६ जनालाई पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ। नयाँ पत्रिकामा समाचार छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger