Headlines News :
Home » » एनसेलको टावरमा आगजनी गर्ने ‘विप्लव’ माओवादी दुई नेता प्रहरी नियन्त्रणमा..

एनसेलको टावरमा आगजनी गर्ने ‘विप्लव’ माओवादी दुई नेता प्रहरी नियन्त्रणमा..

Written By news on Monday, 13 June 2016 | 01:07

म्याग्दी, ३१ जेठ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको टावरमा आगजनी गरेको घटनाका विषयमा छानबिन गर्न प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका दुई जना नेतालाई नियन्त्रणमा लिएको छ ।

बेनीको जिल्ला प्रशासन कार्यालय अगाडि व्यापार गर्दै आएका जिल्लास्तरीय माओवादी नेता लालु किसान (आकाश) र पदम पुन (फिल्टर)लाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो ।
पसलमा काम गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीका अर्का नेता गोपाल शर्माले बताए । शर्मालाई पनि आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएर केही समयको सोधपुछपछि छोडेको थियो ।

एनसेलको टावरमा आगजनी भएको घटनाको छानबिनका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताए । बेनी नगरपालिका–४ बन्चरेडिलस्थित एनसेलको टावरमा शनिबार साँझ आगजनी भएको थियो । आगजनीबाट जेनेरेटरमा क्षति पुगेको थियो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger