Headlines News :
Home » » यी हुन् सर्वाधिक १० महंगा खेलाडी कोपा अमेरिकामा खेल्ने

यी हुन् सर्वाधिक १० महंगा खेलाडी कोपा अमेरिकामा खेल्ने

Written By news on Friday, 3 June 2016 | 02:46

एजेन्सी :कोपा अमेरिका फुटबल अमेरिकामा आजदेखि सुरु हुँदैछ। दक्षिण अमेरिकी राष्ट्रले खेल्ने कोपा अमेरिकामा १६ राष्ट्रले सहभागिता जनाउँदैछन्। शुक्रवारदेखि सुरु हुने कोपा अमेरिका फुटबलको उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिका र कोलम्बिया आमनेसामने हुँदैछन्।

कोपा अमेरिका खेल्न लागेका मध्ये सर्वाधिक १० महंगा खेलाडी

१:लियोनल मेसी

अर्जेन्टिनाका कप्तान समेत रहेका स्टार खेलाडी लियोनल मेसी स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्छन्। उनले बार्सिलोनामा मासिक १२० मिलियन डलर तलब थाप्छन्। उनी कोपा अमेरिका खेल्ने सबैभन्दा महंगा खेलाडी हुन्।

२:लुइस स्वारेज

उरुग्वेका स्ट्राइकर लुइस स्वारेज पनि स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। बार्सिलोना तथा उरुग्वेका भरपर्दा स्ट्राइकर स्वारेजले बार्सिलोनाबाट मासिक ९० मिलियन लडर तलब थाप्छन्।


३:जेम्स रोड्रिग्वेज

कोलम्बियाका खेलाडी जेम्स रोड्रिग्वेज स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। उनीले रियल मड्रिडबाट मासिक ७० मिलियन डलर तलब थाप्छन्।


४:सर्जियो अग्युरो

अर्जेन्टिनी स्ट्राइकर सर्जियो अग्युरो इंग्लिश क्लब म्यानचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। उनीले सिटीबाट मासिक ६० मिलियन डलर तलब थाप्छन्।


:गोन्जालो हिगुइन

अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिगुइन इटालियन क्लब नेपोलीबाट व्यवसायिक फुटबल खेल्छन्। उनले नेपोलीबाट मासिक ६० मिलियन डलर तलब थाप्छन्।

६: एन्जल डि मारिया

अर्जेन्टिनी स्ट्राइकर एन्जल डि मारिया फ्रान्सेली क्लब पीएसजीबाट व्यवसायिक फुटबल खेल्छन्। उनले पीएसजीबाट मासिक ६० मिलियन डलर नै तलब थाप्छन्।


७:एलेक्स सान्चेज

चिलीका स्ट्राइकर एलेक्स सान्चेज इंग्लिश क्लब आर्सनलबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। उनले आर्सनलबाट मासिक ५५ मिलियन डलर तलब थाप्छन्।


८:इडिन्सन काभानी

उरुग्वेका इडिन्सन काभानी फ्रान्सेली क्लब पीएसजीबाट व्यवसायिक फुटबल खेल्छन्। उनले पीएसजीबाट मासिक ४० मिलियन डलर तलब पाउँछन्।

९:अटुरो भिडाल


चिलीका भिडाल जर्मन क्लब वार्यन म्युनिखबाट व्यवसायिक फुटबल खेल्छन्। उनले वार्यन म्युनिखबाट मासिक ३७ मिलियन डलर तलब पाउँछन्। 

१०:हल्क

ब्राजिलका हल्क रसियन क्लब एफसी जेनिथबाट व्यवसायिक फुटबल खेल्छन्। उनले मासिक तलब ३७ मिलियन डलर नै थाप्छन्।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger