
गएको हप्ताबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र 'कालो पोथी' दोस्रो हप्तामा पनि सफलता पूर्वक प्रदर्शन भइरहेको छ । गएको शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रले एक हप्तामा ९३ लाख माथीको व्यापार गरेको वितरक कम्पनी पपकर्नले जानकारी दिएको छ । यो आम्दानी राजधानीका १५ मल्टिप्लेक्सबाट उठेको हो । कुनै पनि सिंगल हलमा प्रदर्शन नभएको चलचित्र कालो पोथी आजबाट भने मोफसलका २५ बढि हलहरुबाट प्रदर्शनमा आएको छ । आजैबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र 'गाजलु' को प्रदर्शनलाई रोक्दै मोफसलका २५ सिंगल हलले अहिले कालो पोथी प्रदर्शन गरेका छन् । दर्शकहरुको अत्याधिक मागपछि सिंगल हलका सञ्चालकहरुले कालो पोथी प्रदर्शन गरेका हुन् । मल्टिप्लेक्समा अत्याधिक रुचाइएको चलचित्र कालो पोथी मुगुको कथामा आधारित छ । वितरक कम्पनीका अनुसार मल्टिप्लेक्समा राम्रो दर्शक भित्राएको चलचित्र कालो पोथी प्रदर्शन गर्ने सिंगल हलहरुको संख्यामा पनि वृद्धि हुने बताइएको छ । अब हेर्न यो बाँकी छ की गाजलुसँग कालो पोथीले मोफसलमा लडाई गर्न सक्छ वा सक्दैन । अनमोल केसी स्टारर चलचित्र गाजलुलाई पनि दर्शकहरुले प्रतिक्षित चलचित्रको रुपमा हेरेका छन् । प्रदर्शनमा आएको दिन अर्थात शुक्रबार चलचित्र गाजलुले प्रत्येक हलमा हाउसफुल गरेको चलचित्रका निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment