Headlines News :
Home » » यी हुन् अमेरिकी समलिंगी बारमा नरसंहार मच्चाउने, आफै थिए समलिंगी.......

यी हुन् अमेरिकी समलिंगी बारमा नरसंहार मच्चाउने, आफै थिए समलिंगी.......

Written By news on Tuesday, 14 June 2016 | 21:35


आइतबार बिहान अमेरिकाको ओर्लान्डो सहरमा रहेको एक समलिंगी नाइटक्लबमा ४९ जनाको हत्या गर्ने ओमार माटिन आफै पनि समलिंगी रहेको खुलासा भएको छ ।चरमपन्थी इलामिक सिद्धान्तमा आधारित भएर पल्स नामक नाइटक्लबमा माटिनले गोलीकाण्ड घटाएको अमेरिकी प्रहरीले बताएका छन् ।

तर, उनकी पूर्वपत्नी र कलेजका साथीले भने माटिन पनि आफै ‘गे’ भएको बताएका छन् । यसअघि पनि उनी उक्त क्लबमा दर्जनौं पटक जाने गरेको र गे डेटिङ एप ज्याक्ड प्रयोग गर्ने गरेको पनि खुलासा भएको छ । माटिनका पहिलो पत्नी सिटोरा युसुफीबीच सन् २००९ मा भेट भएको थियो र त्यसलगत्तै विवाह भएको थियो ।

ब्राजिलको टिभी स्टेसन गकरसँग कुरा गर्दै युसुफीले भनेकी छिन् । उनीसँगै उनका मंगेतर मार्सियो डियास पनि रहेका थिए । डियाले च्यानललाई माटिनमा समलिंगी भएको संकेत देखिएको युसुफीले आफूले बताएकी छिन् । उनले इस्लामको कारणले माटिनले उक्त गोलीकाण्ड घटाएको आफूलाई यकिन नभएको बताए ।यता, युसुफीले पनि उनी कुनै आतंकवादी संस्थामा संलग्नभन्दा पनि मानसिक रोगी थिए ।

एफबिआईले यो कुरा अमेरिकी मिडियालाई नभन्न आग्रह समेत गरेको बताइन् ।युसुफी र माटिनबीच सन् २०११ मा पारपाचुके भएको थियो । त्यतिबेला उनले माटिनमाथि कुटपिटको आरोप लगाएकी थिइन् । यता, पाम बिच पोष्टका अनुसार माटिनको एक केटा साथीले पनि उनी समलिंगी भएको बयान दिएका छन् । नाम उल्लेख नगर्ने सर्तमा ती युवकले माटिनले उनीसँग डेटको प्रस्ताव समेत गरेको बताए ।

दुवै संगै समलिंगी क्लबमा पनि जाने गरेको खुलासा गरे । तर, माटिन सामाजिक रुपमा अनौठो थिए । ‘माटिन मेरा साथीहरुसँग मिल्न खोज्थे । तर, उनी अनौठो थिए । कसैले उनलाई मनपराउँदैन थियो,’ उनले भनेका छन् ।दुवैले सन् २००६ मा इन्डियन रिभर कम्युनिटी कलेज प्रहरी एकाडेमीमा अध्ययन गरेका थिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger