Headlines News :
Home » » सुदुर पश्चिमका तथा दलितका छोराछोरीलाई मास्टरडिग्री सम्मै निशुल्क:प्रधानमन्त्री

सुदुर पश्चिमका तथा दलितका छोराछोरीलाई मास्टरडिग्री सम्मै निशुल्क:प्रधानमन्त्री

Written By news on Thursday, 2 June 2016 | 04:32

सरकार स्थानीय निकायको चुनावसम्म ढल्दैन-जनप्रभावकारी बजेटको कार्यान्वयन हुन थाल्दा विपक्षी अत्तालिए : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो सरकार स्थानीय निकायको चुनावसम्म नै नढल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको झण्डा भएको पानीजहाज चलाउने र सदरमुकाम जोडने २० वटा जिल्लामा ४ लेनको बाटो बनाउछु भन्दा विपक्षीहरु अत्तालिएको दाबी समेत गर्नुभयो ।

सुदुर पश्चिमका तथा दलितका छोराछोरीलाई मास्टरडिग्री सम्मै निशुल्क पढाउने भन्दै विकट जिल्लामा पनि विश्वविद्यालय उहाँको उद्घोष थियो ।

उँहाले तराईमा आगो बल्दै गर्दा एवं नाकाबन्दी भइरहँदा आफुले नै त्यस्को अन्त्य गरेको दाबी गर्नुहुदै सरकार परिवर्तनलाई लिएर कुनै गोप्य सहमति नभएको दाबी गर्नुभयो ।

उहाँले बजेटको लोकप्रियता देखेर विपक्षी अत्तालिएको जिकिर गर्दै सरकार परिवर्तनलाई लिएर कुनै भद्र तथा गोप्य सहमति नभएको पनि प्रष्ट पार्नुभयो ।

बिहीबार मानवअधिकार मन्च नेपालद्धारा काठमाडौंमा आयोजित नेपालको समृद्धिका लागि नागरिक तथा राजनीतिक संबाद नामक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुले नेतृत्व गरेको सरकारले आगामी निर्वाचन गराएरै छाडने र २ बर्षसम्म टिक्ने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले बजेट वितरणमुखी भएको आरोपको खण्डन गर्नुहुदै बजेट भन्ने विषय नै छर्ने भएको पनि प्रष्ट पार्नु भयो । उहाँले जनप्रभावकारी बजेटको कार्यान्वयन हुन थालेको देख्दा सहन नसकी छटपटिएको आरोप समेत लगाउनुभयो |
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger