Headlines News :
Home » » बिस वर्षदेखि नदी तरेर पढाउन जान्छन यी शिक्षक..

बिस वर्षदेखि नदी तरेर पढाउन जान्छन यी शिक्षक..

Written By news on Saturday, 18 June 2016 | 23:03


एजेन्सी । शिक्षक, हामी सबैको प्रेरणाको स्रोत । शिक्षकको ज्ञानले विद्यार्थीहरु भविष्यमा यो बन्छु र त्यो बन्छु भनेर सपना देख्छन् । शिक्षकको सही मार्ग निर्देशनले विद्यार्थीको भबिष्य सहि दिशामा जान्छ ।

शिक्षकको उदारता र अादर्शको  गुनगान जति गाएपनि अपुग नै हुन्छ । यस्तै एक शिक्षकले आफनो कामले सबैलाई चकित पारेका छन्  । उनले आफ्नो उदारताको उदाहरण दिएका छन् ।अब्दुल मलिक केरलाको मलप्पुरम जिल्लाका एक मुस्लिम प्राथमिक स्कुलमा पढाउँछन् ।

उनी २० वर्षदेखि स्कुलमा ठिक समयमा पढाउनको लागि एक नदि पार गर्दै स्कुल पुग्छन् । स्कुल पुग्न त्यो ठाउँमा साधन नभएको र कम्तिमा पनि ३ घण्टा लाग्छ । समय बचाउन उनी नदि पार गरेर स्कुल पुग्छन् । यसो गर्दा उनको दुई घण्टा समय बच्छ ।

कष्ट सहेर भएपनि उनलाई स्कुल समयमा पुग्नैपर्छ । नदि पार गर्न उनलाई लगाएको पुरै कपडा खोल्नुपर्छ र उनी टायरमा तैरिएर नदि पार गर्छन् । २० वर्षको समयमा उनले एकदिन पनि स्कुलमा बिदा लिएका छैनन ।

उनको हौसला, प्रेरणा र सशनशीलताको अहिले तमिलनाडुमा चर्चाको विषय बनेको छ । त्यो सानो गाउँ अहिले शिक्षितहरुको बस्ती हुन पुगेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger