
सुर्खेत । प्रधानमन्त्री केपी ओलीले देश विकसित हुन लागेको देखेर विकास विरोधीहरु अत्तालिएको बताएका छन् । वीरेन्द्रनगरमा मध्यपश्चिम विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा उनले सरकारले ल्याएको नयाँ कार्यक्रम र योजना देखेर विकास विरोधीहरु अत्तालिएको बताए । सरकारले ल्याएको नयाँ–नयाँ योजना र कार्यक्रम देखेर विरोधीहरुको सातो उडेको भन्दै ओलीले भने, ‘कुरा काट्ने काट्दै गर्छन् । भुक्नेहरु भुक्दै गर्छन् । तर, म देश निर्माणमा जुट्छु ।’ विधि भएको मुलुकमा काम गर्न सहज हुने भएपनि नेपाल जस्तो गरिब मुलुकमा काम गर्न निकै सास्ती हुने गरेको अनुभव सुनाउँदै उनले दुई वर्षमा तुइनमुक्त देश बनाउँछुभन्दा विरोधीहरु तीनछक्क परेको बताए । तुइनहरु अझै विस्थापन हुन बाँकी छन भने फोटो खिच्न आग्रह गर्दै भावी सन्ततिलाई देखाउन काम लाग्ने ओलीले बताए । उनले आज तुइन हटाएर झोलुङ्गे निर्माण गर्ने र भोलि झोलुङ्गे पुल हटाएर पक्की पुल निर्माण गरिने भन्दै सपना देखे मात्रै देश विकास हुने भएकाले यसमा सबैको साथ आवश्यक रहेको बताए । प्रधानमन्त्री ओली मध्यपश्चिम विश्वविद्यालयको पाँचौ सिनेट बैठकमा भाग लिनुका साथै वीरेन्द्रनगरको कुइनेपानीस्थित विश्वविद्यालयको प्रशासनिक भवनको शिलान्यास र कालागाउँस्थित क्षेत्रीय अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेका थिए । उनले आफ्नै नेतृत्वको सरकारले आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने कुरा दोहोर्याउँदै आफू जहाँ जाँदा पनि सरकार कहिले परिवर्तन हुन्छ भन्दै सोध्ने धेरै भएकाले देश विकास कसरी हुन्छ भनेर सोच राख्न सुझाव दिए । विश्वविद्यालयको कार्यक्रममा भाग लिन शिक्षामन्त्री गिरिराजमणि पोखरेल, संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही, पयर्टन राज्यमन्त्री बलबहादुर महत, कांग्रेस नेता पूर्णबहादुर खड्का लगायत सुर्खेत आएका थिए ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment