|
|
सोमबार दिउँसो तेस्रो पटक नेपाल आएकी बलीउड अभिनेत्री सन्नी लियोनीले आफुलाई सबैभन्दा मन पर्ने देश नेपाल रहेको बताएकी छिन् । जिंग भोड्काको एम्बेसडर रहेकी सन्नीले मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आफुलाई नेपालको संस्कृति, खानपिन देखी नेपालको सुन्दरताले खुबै मोहित बनाएको बताइन । उनले भूकम्पबाट भत्किएका संरचनाहरु विस्तारै पूर्ननिर्माण भइरहेकोमा पनि खुसी व्यक्त गरिन ।
कार्यक्रममा बोल्दै सन्नीले आफुलाई नेपालका क्यान्सर पीडित व्यक्तिहरुलाई सहयोग गर्न मन लागेको बताउँदै आफु जिंग भोड्काको एम्बेसडर भए पनि माद्यक पदार्थ आबश्यक भन्दा बढि नखान पनि सल्लाह दिइन । उनले कार्यक्रममा जिंग भोड्कानको औपचारिक रुपमा सार्वजनिक पनि गरेकी थिइन । आयोजक जिंग भोड्काले दिएको जानकारी अनुसार सन्नीले मंगलबारबाट हायात रिजेन्सी होटेलमा आफ्नो आर्कषक प्रस्तुती दिनेछिन् भने स्किम विजेता ११ जनासँग सेल्फि पनि लिनेछिन् ।
पत्रकार सम्मेलनमा एउटा अचम्मको कुरा चाहिँ के भयो भन्दा सन्नीसँग सिनेमा र सेक्सको विषयमा कुनै पनि प्रश्न सोध्न र सन्नीलाई त्यस्ता प्रश्नहरुको उत्तर दिन मनाही गरिएको थियो । उनलाई जिंग भोड्काको विषयमा मात्र बोल्न आयोजकले आग्रह गरेको थियो ।
|
|
Post a Comment