Headlines News :
Home » » काबुल आक्रमणमा मृत्यु हुने दुईजना भारतीय रहेको खुलासा..

काबुल आक्रमणमा मृत्यु हुने दुईजना भारतीय रहेको खुलासा..

Written By news on Monday, 20 June 2016 | 22:34

काबुल आक्रमणमा मृत्यु हुने दुईजना भारतीय रहेको खुलासा दुतावासको प्रष्टोक्तिः १२ नेपाली र २ भारतीयको निधन

७ असार, काठमाडौं ।

 सोमबार बिहान अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी आक्रमणमा परी १४ जनाको मृत्यु भयो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले १४ जना नै नेपाली नागरिक रहेको बताए । त्यसैका आधारमा नेपाली मिडियाले पनि १४ नेपालीको निधन भएको समाचार सम्प्रेषण गरे । अफगान सरकारले पनि १४ नेपाली नागरिकको मृत्यु भएको बताएको थियो ।

 तर, सोमबार अपरान्ह नेपालको परराष्ट्र मन्त्रालयले औपचारिकरुपमा पत्रकार सम्मेलन आयोजना गरेर घटनामा १२ जना नेपालीको मृत्यु भएको बतायो । आखिर सो हमलामा मृत्यु भएका मध्ये थप दुईजना को थिए त ? सोमबार रातिमात्रै यसको रहस्य खुलेको छ । १२ नेपालीबाहेक अन्य दुई मृतकहरु भारतीय नागरिक रहेको क्यानेडिन दूताबासले स्पष्ट पारेको छ ।

 अफगानिस्तानका लागि क्यानेडियाली राजदूत डेबोरा ए लियोन्सले सोमबार राति जारी गरेको विज्ञप्तिमा १२ नेपाली र दुई भारतीयको मृत्यु भएको जनाएका छन् । उनले ६ जना नेपालीसहित केही व्यक्तिहरु घाइते रहेको र उनीहरुको उपचार भइरहेको उल्लेख गरेका छन् । भारतीय विदेश मन्त्रालयले समेत काबुलमा मारिएका दूई जना भारतीय नागरिक रहेको पुष्टि गरेको छ । मृत्यु हुने भारतीय नागरिकमध्ये एकजना नेपाली मूलका छन् ।

उनी देहरादूनका गणेश थापा हुन् । यस्तै अर्का मृतक देहरादूनकै गोविन्द सिंह रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार विहान घटनामा ज्यान गुमाएका नेपालीप्रति सामाजिक सञ्जाल ट्वीटर मार्फत श्रद्धाञ्जली दिएका थिए । त्यतिबेलासम्म भारतीय नागरिकको मृत्यु भएको खुलिसकेको थिएन ।

 अफगानिस्तानको राजधानी काबुलस्थित क्यानेडियन दूतावासको सुरक्षामा सर्वे इन्टरनेसनल मार्फत सुरक्षा गार्डका रुपमा खटिएका नेपालीहरु मिनीबस चढेर बिहान ५ः४० मा काबुलतर्फ जाँदै गर्दा आतंकवादी आक्रमणको शिकार भएका थिए । काबुलमा आत्मघाती बम हमला भएको केही घन्टापछि सोमबार नै केसम जिल्लामा अर्को बम विस्फोट भएको थियो । जसमा १० अफगानी सर्वसाधारणको ज्यान गएको थियो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger