Headlines News :
Home » » आत्मघाती गोलका कारण आइसल्याण्ड पनि चुक्यो..

आत्मघाती गोलका कारण आइसल्याण्ड पनि चुक्यो..

Written By news on Sunday, 19 June 2016 | 00:13


एजेन्सी। खेलको अन्तिम समयको आत्मघाती गोलले आइसल्याण्ड युरोकपमा ऐतिहासिक जितबाट चुकेको छ । समूह एफ अन्तर्गत शनिबार राति भएको खेलमा आइसल्याण्ड हंगेरीसँग १–१ को बराबरीमा रोकिएको हो ।

पहिलो खेलमा आफू भन्दा बलियो टिम पोर्चुगललाई १–१ को बराबरीमा रोकेको युरोकपको नवप्रवेशी आइसल्याण्डले हंगेरीसँगको खेल आफ्नै गल्तीका कारण जित्न सकेन ।

३९ औं मिनेटमा पाएको पेनाल्टीमा गिफी सिगुर्डसनले गोल गर्दै आइसल्याण्डलाई सुरुवाति अग्रता दिलाए । हंगेरीले बलमा नियन्त्रण कायम गरेपछि आइसल्याण्डको डिफेन्सलाई छलेर गोल गर्न सकेन ।

आइसल्याण्डका खेलाडीले डिफेन्समा धेरै ध्यान दिएका थिए । अन्तिम तीन मिनेट बाँकी हुँदासम्म १–० को अग्रता लिएको आइसल्याण्डका लागि ८७ औं मिनेट घातक बन्यो । आइसल्याण्डका विर्किर साइभर्सनले नेम्यानजा निकोलिकको क्रसको बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गरे र खेल १–१ को बराबरीमा सकियो ।

उपहारमा पाएको गोलले एक अंक थप गरेको हंगेरी अन्तिम १६ मा पुग्ने लगभग पक्का भएको छ । पहिलो खेलमा अस्ट्रियालाई हराएको हंगेरी ४ अंक सहित समूहको शीर्ष स्थानमा छ । दुई अंक जोडेको आइसल्याण्ड दोस्रो स्थानमा छ

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger