Headlines News :
Home » » एक अपांग महिलामाथि सशस्त्रका जवानहरुद्वारा सामुहिक बलात्कारको आरोप..

एक अपांग महिलामाथि सशस्त्रका जवानहरुद्वारा सामुहिक बलात्कारको आरोप..

Written By news on Monday, 13 June 2016 | 01:34

एक अपांग महिलामाथि सशस्त्रका जवानहरुद्वारा सामुहिक बलात्कारको आरोप
आक्रोशित स्थानीयद्वारा सशस्त्रको सवारीमा तोडफोड

काठमाडौं, जेठ ३१ । सशस्त्रका प्रहरी जवानले एक महिलामाथि सामुहिक बलात्कार गरेको आरोप लगाउँदै आक्रोशित स्थानीयले सशस्त्र प्रहरीको गाडीमाथि तोडफोड गरेका छन् । स्थानीय तोडफोडमा उत्रिएपछि प्रहरीले लाठीचार्ज शुरु गरेको छ । स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।
कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर १० चन्द्रौटा बजारमा एक अपांग महिलामाथि सशस्त्र प्रहरीका जवानहरुले सामुहिक बलात्कार गरेको आरोप लागेको छ । यस्तो आरोप लागेपछि दोषीमाथि कारबाहीको माग गर्दै अहिले स्थानीयले चन्द्रौटामा पूर्वपश्चिम राजमार्ग अवरुद्व गरेका छन्, रातोपाटीमा समाचार छ ।

चन्द्रौटा नगरपविकास समितिका अध्यक्ष हरिप्रसाद पोखरेलले आइतबार साँझ ७–८ जनाको समुहमा आएका सशस्त्र प्रहरीका जवानले ति अपांग महिलामाथि सामुहिक बलात्कार गरेको दाबी गर्दै दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले सडक अवरुद्व पारेको जानकारी दिए ।

उनका अनुसार आइतबार साँझ साँढे ६ बजेतिर सशस्त्र प्रहरी बल बिन्धयाबासिनी गणका जवानले बजार नजिकै भैंसी चराउन गएकी ति महिलामाथि बलात्कार गरेका हुन् ।

ति महिलालाई अहिले स्थानीय सञ्जिवनी सामुदायिक अस्पताल राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा सम्पर्क गर्दा आफूहरुलाई सुचना नआएको र चन्द्रौटामा बुझ्न आग्रह गरियो ।

इलाका प्रहरी कार्यालय चन्द्रौटाका इन्सपेक्टर राजकुमार सिलवालले नौलियामा भैसी चराउने गएकी ति अपांग महिलामाथि बलात्कार भएको सुचना पाएपछि आफूहरु घटनास्थल जान थालेको बताए ।

उनले घटनामा संलग्न एक जनाको पहिचान भइसहेको जानकारी दिँदै केहिबेरमा थप विवरण आउने बताए । उनले घटनामा सशस्त्रका प्रहरी बलका जवान मुछिएको आफूहरुलाई सूचना आइरहेको र सत्यतथ्य बुझ्ने क्रममा रहेको बताए ।

यसैबीच सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र खनालले बलात्कारमा एक जवान संलग्न भएको पाइएको भन्दै उनीमाथि कारबाहीका लागि आफूहरुले सहयोग गर्ने बताए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger