Headlines News :
Home » » बिहार परिक्षा टपर सहित १८ लाई जेल...

बिहार परिक्षा टपर सहित १८ लाई जेल...

Written By news on Wednesday, 29 June 2016 | 02:30


भारत–
बिहारको परिक्षामा सर्वोत्कृष्ट बनेकी १७ वर्षीय रुबी राइलाई प्रहरीले जेल हालिदिएको छ । एक भिडियोमा उनले राजनीतिशास्र त्ठिकसँग उच्चारण गर्न नजानेको  र राजनीतिशास्त्र खाना पकाउने विषयसँग सम्बन्धित हो भनि बताएकी थिइन् ।

भारतमा सो भिडियो भाइरल भएपछि राइलाई फेरि परिक्षा दिन लगाइयो । तर उनले पासमार्क पनि ल्याउन सकिनन् । योसँगै उनको पूर्व लब्धांकपत्र खोसिएको छ र उनलाई जेल पठाइएको छ । आइतबार प्रहरीले परिक्षामा चोरी गरेको अभियोगमा उनलाई मजिस्ट्रेटको अफिसमा उपस्थित गरायो र योसँगै उनलाई जुलाई ८सम्म जेलमा राख्ने आदेश दिइयो ।

परीक्षामा चीट चोर्ने विद्यार्थीलाई पनि यसरी प्रहरीबाट पक्राउ गरिएको यो घटनामा भारतको इतिहासमा दुर्लभ घटना हो ।     प्रहरीले गत शनिबार १७ बर्षीया रुबी राइलाई भारतको बिहार राज्यमा राज्यस्तीय परीक्षामा चोरी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यसरी आआफ्ना विषयमा उत्कृष्ट नम्बर ल्याएर पास भएका विद्यार्थीहरुले आफ्नै विषयको नाम नै राम्रोसँग उच्चारण गर्न नजान्ने भएपछि उनीसहित १७ जना उत्कृष्ट विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । विज्ञान संकायमा टप गरेका सौरभ श्रेष्ठले पनि एटुवोको मतलब पानी हो भन्ने कुरा भन्न सकेका थिएनन् ।

रुबी राइको उत्तरले पनि परिक्षा लिन बसेका परिक्षकलाई हतप्रभ तुल्याएको थियो । कवि तुलसी दासको बारेमा निबन्ध लेख्न लगाइएको  उनले ‘तुलसीदास जी प्रणाम’ लेखेकी थिइन् ।

 बिहारको विद्यालय तहको शिक्षा प्रणालीमा विगत लामो समयदेखिै नै प्रश्न उठ्ने गर्दछ । सिकाई प्रणाली सजिलो नभएको र यसका गर्दा विद्यार्थी कमजोर हुनपुगेको बताउने गरिन्छ ।यसका साथै यस वर्षको वार्षिक परीक्षामा झन यी विद्यालयले विद्यार्थीको परीक्षा थप भरपर्दो र व्यवस्थितरुपमा लिने भन्दै परीक्षाका लागि अभिभावकबाट थप दस्तुर पनि लिएका थिए ।

    यसरी परीक्षा लिँदा पनि यस पटकको परीक्षा मर्यादित र व्यवस्थित हुन नसकेको भन्दै अभिभावकहरुले विद्यालय र शिक्षकको कडा विरोध गरेका छन् । अघिल्लो साल पनि परिक्षामा विद्यार्थीको साटो आफू परिक्षा दिन पर्खाल नाघ्दै गरेको फोटो सार्वजनिक भएको थियो ।
यो साल परिक्षा मर्यादित बनाउन चोरीमा संलग्नलाई दस्तुर तिराउने र जेलसम्म पठाउने चेतावनी दिइएको थियो । त्यसका वावजुद पनि चोरीमा खासै कमी आएको थिएन ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger