|
|
१५ वर्षको उमेर देखि नै स्वतन्त्र जीवन जिएकी बलिउड नायिका सोनम कपुर ३१ वर्ष पुगिसकिन। कुनै बखत रेस्टुरेन्टमा वेट्रेसको काम गरेकी सोनम अहिले बलिउडकी नाम चलेकी नायिका मध्येकी एक हुन। सोनम जब पढाइको सिलसिलामा सिंगापुर पुगेकी थिइन, निकै कम ‘पकेट मनी’ को कारण उनले रेस्टुरेन्टमा वेट्रेसको काम गरेर खर्च टार्ने गर्थिन।सोनम भन्छिन्, ‘मेरो बुबाआमाले आफ्नो स्टारडम ममाथी कहिल्यै हावी हुन दिनुभएन। मलाई सदैव एक सामान्य केटी झै ट्रिट गर्नुभयो।’ सोनमलाई उनको बुबाआमाले कहिल्यै ब्रान्डेड कपडा दिने गर्थेनन्, त्यसैले आफ्नो सोख पुरा गर्न उनले वेट्रेस बन्ने मन गरेकी उनी बताउँछिन्।
फिल्ममा आउनुपूर्व अमिशा थिइन इकोनोमिक एनालिस्ट आफ्नो ग्र्याजुएशन पश्चात अमिशा एक कम्पनिमा इकोनोमिक एनालिस्ट भइ काम गर्थिन। त्यसपश्चात थिएटर प्रवेश गरिन। अभिनयकला मा अनुभव पश्चात उनले बलिउड प्रवेश गरेकी थिइन। उनको पहिलो फिल्म ‘कहो ना प्या है’ ब्लकबस्टर थियो।
रणवीर सिंहको विगत पनि निकै आकर्षक वा सहज थिएन। फिल्म ‘ब्यान्ड बाजा बारात’ बाट बलिउडमा कदम राखेका रणवीर पहिले एक विज्ञापन एजेन्सीमा काम गर्थे। सो कम्पनिमा उनी कपिराइटरको पदमा थिए। पछि आफ्नो निर्देशक साथी मनीष शर्माले भनेपछि उनि अभिनय गर्न बलिउड प्रवेश गरेका हुन।
परिणिती चोपडा पहिले थिइन ब्यांकरपरिणिती बलिउडमा आउनुपूर्व एक ब्यांकर थिइन। उनी नायिका बन्न चाहन्थिनन्। नायक-नायिकाले आफ्नो कामको बारेमा निकै नाटक गर्ने भन्दै यो काम प्रतिनै परिणितिको घृणा झै थियो। लन्डनमा बसेकी उनी त्यहाँ मन्दी आएपछि भारत फर्किइन। करिअर कतैबाट बन्ने सुर देखिएन। पछि उनलाई यशराज फिल्म्समा काम मिल्यो अनि उनको जीवन नै बदलियो। परिणिती भन्छिन् कि यदि सो बखत भारतमै ब्यांकरको नोकरी पाएको भए, उनी नयिका नै बन्ने थिइनन्।
मल्लिका शेरावत बलिउडमा आउनुपूर्व एक निजी एयरवेज कम्पनीमा एयरहोस्टेस थिइन। मल्लिकाको वास्तविक नाम रीमा लाम्बा हो। उनले एयरहोस्टेस हुँदा नै ए पाइलटसंग विवाह पनि गरेकी थिइन। पछि पति र नोकरी दुवै छोडी उनी बलिउड छिरेकी थिइन।
साउथ इन्डियाका सबैभन्दा ठूला स्टार रजनीकान्त कुनै समय मुम्बइको बस सेवामा कन्डक्टर थिए। भारतका सबैभन्दा महंगा स्टारको नामले चिनिएका रजनीकान्तको कथा रोचक छ।
सन् १९७५ मा जुन बसमा रजनीकान्त कन्डक्टर थिए, त्यहि बसमा फिल्मकार बालाचंन्दर चढेछन्। रजनीकान्तको चुरोट पिउने स्टाइल देखेरै ती फिल्मकारले आफ्नो फिल्ममा खेल्ने अफर दिएका थिए। त्यसपश्चात रजनीकान्तले पछाडी फर्केर हेर्नुपरेन।
|
|
Post a Comment