Headlines News :
Home » » ७ वर्षअघि बिहे भएका लोग्नेस्वास्नी साख्खे दिदीभाई परेपछि…

७ वर्षअघि बिहे भएका लोग्नेस्वास्नी साख्खे दिदीभाई परेपछि…

Written By news on Friday, 24 June 2016 | 02:29


जिन्दगीमा कहिलेकाहीँ यस्ता घटना पनि हुँदारहेछन् जसले मानिसको मथिंगल पूरै हल्लाइदिन्छन् र अगाडि के गर्ने भन्ने सोँच्न पनि सकिन्न । कतिपय मानिस सामु त यस्तो धर्मसंकट आइलाग्छ जुन दुनियाका अरु मानिसले भोग्नै पर्दैन । ब्राजिलमा एक विवाहित दम्पत्तिमाथि यस्तै बज्रपात भएको छ ।
बिहे भएर सात वर्षसम्म सँगै बस्दै आएका लोग्ने स्वास्नीले सात वर्षपछि एकाएक आफुहरु त साख्खे दिदी भाइ रहेको पत्तो पाएका छन् । ब्राजिलको साओपाओलोमा भएको हो यो घटना । ३७ वर्षका लियन्ड्रो र ३९ वर्षकी एड्रियनालाई हालैमात्र आफुहरु दिदी भाइ रहेको थाहा भयो । ७वर्षअघि उनीहरुबीच बिहे भएको थियो । बिहेको यत्रो वर्षपछि यस्तो पवित्र नाता सम्बन्धको खुलासा भएपछि अब के गर्ने ? उनीहरु बिलखबन्दमा छन् । लियन्ड्रो ८ वर्षका छँदा उनलाई आफ्नी आमाले छाडेर पोइल गएकी रहेछिन् ।
उनको पालनपोषण सौतेनी आमाले गरिन् । एड्रियाना १वर्षकी छँदा उनलाईपनि उनकी आमा मारियाले छाडेर गइन् र बुवाले उनको हेरचाह गरे । समय बित्दै गयो । जवान भएसँगै एड्रियानाको भेट एक ट्रक ड्राइभर लियन्ड्रोसँग भयो । दुइबीच प्रेम भयो र बिहे पनि गरे । उनीहरुको कोखबाट छोरी समेत जन्मिइन् । दुबैजना आमाले छोडेका टुहुरा थिए । बिहे पछि नै उनीहरुले आ आफ्नी आमालाई खोज्ने प्रयास सुरु गरे ।
एड्रियानाले एक रेडियो च्यानलका सहयोगमा आमाको खोजी सुरु गरिन् ।रेडियो कार्यक्रमले नतिजा दियो । उनकी आमा मारियाले उक्त कार्यक्रम सुनिन् र रेडियोमा फोन गरिन् । आमा मारियासँग एड्रियानाको कुराकानी भयो फोनमा । कुराकानीकै क्रममा मारियाले आफ्नो लियन्ड्रो नाम गरेको छोरा पनि रहेको र ऊसँग आफुले भेट्न चाहेको बताइन् । जब आमा मारियाले लियन्ड्रो आफ्नो छोरा भएको कुरा बताइन् तब एड्रियानाको होस हवास उड्यो ।रेडियो कार्यक्रमकै दौरान उनी रुन थालिन् ।
लियन्ड्रो र आफु लोग्नेस्वास्नीको रुपमा रहेको कुरा उनले आमा मारियालाई बताइन् । आफ्नै कारण आफ्ना छोराछोरीले एक आपसमा अनजान भएर बिहे गरी पति पत्नी बन्नुपरेको घटनाले मारियालाई ठूलै झट्का दियो । नाताले दिदी भाइ रहेका लियन्ड्रो र एड्रियाना निकै ठूलो संकटमा परे । अब के गर्ने? बिहे गरेको लामो समय भैसकेको र छोरी पनि जन्मिसकेको अवस्थामा उनीहरु छुट्टिनु सजिलो थिएन । त्यसैले जे सुकै होस् उनीहरु अब बाँकी जिवन पनि सँगै बिताउने निष्कर्षमा पुगे ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger