Headlines News :
Home » » के पादको गन्ध सुँघेर क्यान्सरबाट बचिन्छ ? यस्तो छ यथार्थ…

के पादको गन्ध सुँघेर क्यान्सरबाट बचिन्छ ? यस्तो छ यथार्थ…

Written By news on Tuesday, 21 June 2016 | 04:34


धनकुटा खबर ।

के पादको गन्ध सुँघेर क्यान्सरबाट बचिन्छ ? एक्स्टर मेडिकल स्कुल बिश्वविधालयको अध्ययन अनुसार मानब पादको गन्धबाट क्यान्सर जस्तो प्राणघातक रोग निको हुने कुरा बाहिर आएको खबर भाईरल बनेको छ तर बास्तबमा पादको गन्धबाट क्यान्सर जस्तो प्राणघातक रोग निको हुने कुरा सहि हैन, गलत र भ्रामक हो ।
AP39 केमिकलको अध्ययन गरिएको र मिटोकोन्ड्रियामा हाईड्रोजन सल्फाईडको अनुसन्धान गरिएको थियो । अध्ययन मेडकेमकम पत्रीकामा “The synthesis and functional evaluation of a mitochondria-targeted hydrogen sulfide donor, (10-oxo-10-(4-(3-thioxo-3H-1,2-dithiol-5-yl)phenoxy)decyl)triphenylphosphonium bromide (AP39).” प्रकाशित गरिएको थियो ।

AP39 एक कृतिम रसायन हो जसमा हाईड्रोजन सल्फाईड हुन्छ । शोधकर्ताहरुले AP39 को प्रयोग हाईड्रोजन सल्फाईडको ऊपचार प्रभाब कम गर्नको लागि दवाई बनाऊने काम गरेका थिए । कोशिकामा हाईड्रोजन सल्फाईडको मात्रा कम पठाऊने ऊदेश्यमा AP39 डिजाईन गरिएको रसायन हो ।

कोशिका भित्र अन्य ससाना थुप्रै अर्गानेलहरु मिटोकोन्ड्रीया हुन जो कोशिकामा शक्ति प्रदान गर्न र श्वासप्रश्वास प्रणालीका लागी ऊत्तरदायी हुन्छन ।

हामीले खाएको खानेकुरा जब राम्ररी पच्दैन तब पेट फुल्ने र ग्यास जम्मा हुने हुन्छ । सडेगलेका अण्डाको गन्ध र पाद को गन्धले हाईड्रोजन सल्फाईड ग्यास बनाऊछ । हाईड्रोजन सल्फाईड ग्यास बडि लिनु स्वस्थ्यको लागि राम्रो हुँदैन । तर, थोरै मात्रा ले क्यान्सर, हार्टअट्याक, अर्थराईटिस, स्ट्रोक, डाईमेन्सिया जस्ता रोगलाई नियन्त्रण गर्छ भन्ने कुरा ईन्टरनेटमा भ्रामक समाचार फैलिएको छ ।

यस अनुसन्धानबाट क्यान्सरका अन्य बिबिध ऊपचार पद्दतिहरु पनि किटान गरिएको छ; जस्तो बेसारको प्रयोग, परिमार्जित चामलको भुस खाने, र जङ्गलमा घुम्ने, होमियोप्याथिक औषधीको प्रयोग, ईत्यादि बाट क्यान्सरको कोशिकाहरु नष्ट गर्न सकिने प्रमाणीत तथ्यहरु अघि सारिएको छ ।

“यदि तनाबयुक्त कोशीकाहरु AP39 संग ऊपचार गराईयो भने मिटोकोन्ड्रीया हरु बच्ने छन र कोशिका जिबित हुनेछन” अध्ययनको नतिजा यस्तो थियो । तर, ईन्टरनेट लगायतका संजालहरुमा सामान्य रुपमै “पादको गन्ध लिनाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ” भन्ने भ्रम भाईरल बन्यो । – एजेन्सीको सहयोगमा ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger