Headlines News :
Home » » जेष्ठ नागरिक भतता दोब्बर भए पछी जेष्ठ नागरिकहरु भन्छन्ः ‘हामी मरे पनि एमाले बाँचिरहोस्’

जेष्ठ नागरिक भतता दोब्बर भए पछी जेष्ठ नागरिकहरु भन्छन्ः ‘हामी मरे पनि एमाले बाँचिरहोस्’

Written By news on Thursday, 2 June 2016 | 02:21

रुकुम - नेपाल सरकारले शनिबार ल्याएको बजेटप्रति रुकुमेलीहरुले स्वागत गरेका छन् । बजेटले धेरै विषय र क्षेत्रलाई समेटेको भन्दै बजेट प्रति खुसी देखिएका छन् ।

विद्यार्थीदेखि कर्मचारी र किसानदेखि जेष्ठ नागरिकहरु पनि खुसी देखिएका छन् । केपी ओली सरकारले ल्याएको बजेटले सबैभन्दा बढी बृद्धबृद्धा अर्थात जेष्ठ नागरिकहरु र कर्मचारीहरु खुसी देखिएका छन् । वर्तमान सरकारले वर्तमान देशको परिस्थिति अनुसार बजेट मार्फत आफुहरुलाई सम्बोधन गरेको भन्दै जेष्ठ नागरिक र कर्मचारीहरु हर्षित भएका छन् । खलंगा ५ माछिमीका ७९ वर्षिय नदिराम खत्रीले वर्तमान सरकारले आफुहरुको भावना बुझेर केही राहतको कार्यक्रम ल्याएकोमा खुसी भएको बताउँदै सरकारलाई धन्यवाद दिए । उनले भने– ‘पार्टी भनेकै एमाले रहेछ, अहिलेको बजेटले सबैलाई सन्तोष बनाएको छ, हामी बाँचौला, नबाँचौला तर एमाले जुनीजुनी बाँचिरहोस, हामी जेष्ठ नागरिकको कामना यही छ’।

त्यस्तै अर्का जेष्ठ नागरिक गोविन्द केसीले ०५१ सालदेखि एमालेले जेष्ठ नागरिक लगायत सबैको भलो हुने कार्यक्रम ल्याएकोले एमालेको सही नीति र विचार भएको बताए । त्यस्तै बजेटले गाउँ गाउँका जेष्ठ नागरिकहरु पनि खुसी देखिएका छन् । पहिले मासिक एक हजार पाउँदै आएकोमा अब मासिक दुई हजार पाउने भएपछि गाउँका जेष्ठ नागरिकहरु खुसी देखिएका छन् । घेत्मा ४ की जेष्ठ महिला नागरिक पद्मी थापाले एमालेले जेष्ठ नागरिकहरु वृद्धभत्ता बढाईदिएर सबै जेष्ठ नागरिकहरुलाई सम्मान गरेको बताइन् । त्यस्तै रुकुमकोटकी एकल महिला विष्णु देवकोटाले पनि सरकारले एकल महिला र जेष्ठ नागरिकहरुलाई गरेको सम्मानले आफुहरुलाई धेरै राहत हुने बताए । त्यस्तै जेष्ठ नागरिक हेमराज श्रेष्ठले अहिलेको बजेटले नयाँ संविधान कार्यन्वयको महसुस गरेको बताए । त्यस्तै सरकारी कर्मचारीहरु पनि बजेट प्रति खुसी देखिएका छन् । बजेट कार्यक्रमले शिक्षक, निजामति कर्मचारी, सेना, प्रहरी पनि खुसी देखिएका छन् ।

महंगीले चपेटामा परेको भन्दै वर्तमान बजेटले तलभमा २५ प्रतिशत वृद्धि गरेको भन्दै कर्मचारीहरु खुसी भएका हुन् । नासु पदमा कार्यरत कृष्ण खड्काले सरकारले तलभ बढाएकोले आफुहरु खुसी भएको बताए । त्यस्तै कृषकहरुले पनि आशा पलाएको बताएका छन् । कृषिमा आत्मनिर्भर बनाउने योजना बजेटले ल्याएकोले त्यसलाइ पूर्णरुपमा कार्यन्वयन गर्नुपर्ने कृषक रामबहादुर केसीले बताए । त्यस्तै पत्रकार एवं विश्लेषक नारायणकुमार शाहले क्रान्तिकारी कम्युनिष्ठहरुले मात्र देश र जनताको हितका लागि नीति तथा कार्यक्रम ल्याउने गरेको बताए । यसरी बजेटको चौतर्फी स्वागत गरे पनि बजेट पूर्ण रुपमा कार्यन्वयन गर्नुपर्नेमा सबैले जोड दिएका छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger