Headlines News :
Home » » एउटा अधुरो प्रेमकथा पुरा पद्नुहोस..

एउटा अधुरो प्रेमकथा पुरा पद्नुहोस..

Written By news on Thursday, 23 June 2016 | 05:25


नेपालको इतिहासमा राणा वंशको महत्त्वपूर्ण स्थान छ । नेपाल एकीकरण अभियानदेखि १ सय ४ वर्ष लामो जहानियाँ शासनमा प्रत्यक्ष संलग्न राणा वंशका पुर्खाहरू निकै अभिमानी थिए । उनीहरूको अभिमानले त्यतिबेला आफूबाहेक अरू सबै शासक वर्गलाई खास ठकुरी मान्दैनथ्यो । उनीहरूको यस्तो अभिमानको खुलासा गर्ने एउटा प्राचीन प्रेमकथा : मुसलमानहरूको आक्रमणबाट बच्न भारतको चित्तौढबाट नेपाल पसेका रामसिंह राणाका ६ भाइ छोराले त्यतिबेलाको कास्कीका राजाका लागि सतानकोटको युद्धमा विशेष बहादुरी देखाएकाले कुँवरको उपाधि पाएका थिए ।

 रामसिंहका ६ भाइ छोरामध्ये एक राउत कुँवर पछि कास्कीका राजाका विश्वासपात्र सेनापति पनि भए । तिनै राउत कुँवरका छोरा थिए– अहिराम कुँवर । उनी पनि कास्कीका राजाका भारदार थिए । उनले धुवाँगे साँघु गाउँको बिर्ता पाएका थिए । तिनै अहिराम कुँवरका जेठा छोरा थिए– रामकृष्ण कुँवर, जसका बारेमा यो स्तम्भमा लेखिइसकेको छ । रामकृष्ण कुँवरकी एक बहिनी पनि थिइन्, जो अत्यन्तै रुपवती थिइन् । उनको नाम कृष्णा (यो लेखका लागि जुराइएको काल्पनिक नाम) थियो । एक दिन कास्कीका राजा सिद्धिनारायण शाह कुनै विशेष छलफलका लागि रामकृष्ण कुँवरको घर पुगे ।

अविवाहित र युवा सिद्धिनारायण शाहले त्यहीबेला कृष्णालाई देखे । उनको मन पग्लियो । उनी कृष्णाको प्रेममा परे । उता कृष्णा पनि सिद्धिनारायण शाहसँग आँखा जुधाउन पुगिन् । त्यसपछि उनीहरू घरबाहिर भेट्न तथा एकान्तमा समय बिताउन थाले । उनीहरूको प्रेम उत्कर्षमा पुगेपछि एक दिन राजा सिद्धिनारायण शाह आफ्ना गुरुपुरोहितका साथ कृष्णाको हात माग्न रामकृष्ण कुँवरको घर पुगे । राजाले आफ्नो विवाहको कुरा वृद्ध अहिराम कुँवरसँग गर्नुभन्दा समवयी रामकृष्ण कुँवरसँग गर्न उचित माने । सोहीअनुरूप उनले रामकृष्ण कुँवरसमक्ष कृष्णासँग विवाह गर्ने प्रस्ताव गरे । रामकृष्ण कुँवरले यो विषयमा पिता अहिराम कुँवरले नै निर्णय गर्नसक्ने जवाफ दिए र आफूले यस विषयमा कुरा गर्ने बताए ।

 त्यो दिन राजा सिद्धिनारायण शाह रित्तो हात फर्किए । त्यसपछि रामकृष्ण कुँवरले राजाको इच्छा बताउँदा अहिराम कुँवरले उक्त प्रस्ताव ठाडै अस्वीकार गरे । आफ्नो प्रेम अस्वीकृत भएपछि राजा सिद्धिनारायण शाहले कुँवरहरू विरुद्ध बल प्रयोग गर्न खोजेपछि कुँवर परिवारले कास्की परित्याग गर्‍यो । त्यसपछि उनीहरू सोझै गोर्खाका राजा पृथ्वीनारायण शाहको सम्पर्कमा पुगे । यो घटनापछि सिद्धिनारायण शाह र कृष्णाबीचको प्रेमकथा कतै पनि उल्ल्लेख भएको पाइँदैन । पृथ्वीनारायण शाहले पनि उनीहरूलाई कुँवर खोला गाउँको जागिर दिएर आफ्नो सेनामा सम्मानित स्थान दिए । पछि त्यही कुँवर परिवारका सदस्यहरूले पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । तिनै अहिराम कुँवरका पाँचौं पुस्ताका वंशज जंगबहादुर राणा थिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger