Headlines News :
Home » » आइसल्याण्डले इंग्ल्याण्डलाई हरायो..

आइसल्याण्डले इंग्ल्याण्डलाई हरायो..

Written By news on Monday, 27 June 2016 | 22:29



को सँग कस्को भिडन्त कहिले ?
काठमाडौं । फ्रान्समा जारी युरोकप फुटबल अन्तर्गत गए राति भएको खेलमा आइसल्याण्डले इँग्ल्याण्डलाई हराउँदै अन्तिम ८ आठको यात्रा तय गरेको हो ।

पहिलो पटक युरोकप खेलिरहेको उत्तरी युरोपको सानो मुलुक आइसल्याण्ड फुटबलको महारथी टोली इंग्ल्याण्डलाई हराउँदै प्रतियोगिताको क्वटरफाइनलमा प्रबेश गरेको हो।

अविश्वसनीय नतिजा निकाल्ने क्रममा आइसल्याण्डले इंग्ल्याण्डलाई २–१ ले हराउन सफल भयो । पछाडि परेको स्थितिलाई उल्टाउँदै आइसल्याण्डले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । खेल सुरु भएको चौथो मिनेटमै इंग्ल्याण्डका कप्तान वायेने रुनीले पेनाल्टीमार्फत अग्रता दिलाएका थिए । आइसल्याण्डका गोलरक्षक हल्डोरसनले इंग्लिस फर्वाड रहिम स्टिर्लिङलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

तर इंग्ल्याण्डको अग्रता २ मिनेटपनि टिक्न सकेन । छ्रैटौं मिनेटमा रग्नर सिगुरोसनले बराबरी गोल फर्काए । १८औं मिनेटमा आइसल्याण्डले अप्रत्यासित अग्रता लियो । कोल्वेइन सिग्पोर्सनले गोल गरे र टोलीलाई दुई एकको अग्रता दिलाए ।

दोस्रो हाफमा इंग्ल्याण्डले खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन । क्वाटरफाइनलमा आइसल्याण्डको भेट आयोजक फ्रान्ससँग हुनेछ ।

फ्रान्सले यसअघि आयरल्याण्डलाई हराएर क्वाटरफाइनलमा पुगिसकेको छ । पहिलो पटक युरोकपमा छनौट भएको आइसल्याण्डको जनसङ्ख्या मात्र ३ लाख २३ हजार छ ।  विश्व वरियातामा ११औं स्थानमा रहेको इंग्ल्याण्डले आइसल्याण्डलाई हराउन सकेन ।

अबको खेल तालिका
बिहीबार
पोल्याण्ड र पोर्चुगल

शुक्रबार
वेल्स र बेल्जियम

शनिबार
जर्मनी र इटली
आइतबार
 फ्रान्स र आइसल्याण्ड


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger