३ असार, काठमाडौं । काठमाडौंको गोंगबुमा एक पुरुषको शव फेला परेको छ । गोंगबुको सडकमा अन्दाजी ४५ वर्षीय सुकमान गुरुङको शव फेला परेको हो । प्रहरीका अनुसार उनी कास्की निवासी हुन् । death-file-photoउनको मृत्युको कारण भने नखुलेको महाराजगञ्ज वृत्तका प्रहरी नायव उपरीक्षक विश्वमणि पोख्रेलले जानकारी दिए । प्रहरीले घटना शंकास्पद भएको भन्दै शवपरीक्षणका लागि महाराजगञ्जस्थित त्रिबि शिक्षण अस्पताल लगिएको छ । अस्पतालका कर्मचारी मृत फेला यसैबीच जिल्ला अस्पताल डोटीका एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । अस्पतालका ल्याब टेक्निसियन अधिकृत भिमप्रसाद पौडेलले जानकारी दिए । बिहीबार दिनभर कार्यालयमा नआएका उनी राति साढे ८ बजे मृत फेला परेका थिए । बाँकेको कोहलपुर निवासी पौडेल २० वर्ष अघिदेखि डोटी जिल्ला अस्पतालमा कार्यरत थिए
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment