Headlines News :
Home » » प्रधानमन्त्री ओलीले बोले अनुसार पेट्रोलियम पाइपलाइन निर्माण अघि बढ्यो..

प्रधानमन्त्री ओलीले बोले अनुसार पेट्रोलियम पाइपलाइन निर्माण अघि बढ्यो..

Written By news on Tuesday, 7 June 2016 | 04:04

भारतीय नाकाबन्दीपछि अघि बढ्न नसकेको रक्सौल–अमलेखगन्ज ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना अघि बढ्ने संकेत देखिएको छ । रक्सौल–अमलेखगन्ज ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण कार्यलाई गति दिन दिल्ली गएको टोलीले सोमबारदेखि संवाद थालेको छ ।
मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण परियोजना अघि बढ्न सकेको थिएन । नेपाल आयल निगम (एनओसी) र भारतीय आयल निगम(आईओसी)का प्रमुखस्तरमा उक्त पूर्वाधार निर्माण कार्यलाई गति दिनेबारे सोमबारदेखि छलफल आरम्भ भएको छ ।

पेट्रोलियम पाइपलाइन निर्माण कार्यलाई गति दिनेबारे छलफलका लागि आइतबार दिल्ली गएको रक्सौल–अमलेखगन्ज पाइपलाइन निर्माण योजनाका नेपाल संयोजक भानुभक्त खनालसहितका टोलीले छलफल थालेको हो । वार्तामा भाग लिन नेपालका तर्फबाट नेपाल आयाल निगम बोर्डको पदेन अध्यक्षको हैसियतमा आपूर्ति सचिव श्रीधर सापकोटाको नेतृत्वको टोली पनि दिल्ली जाने बताइएको छ ।
गत भदौ ७ गते उक्त पाइपलाइन निर्माणसम्बन्धी सम्झौता भएको थियो । मन्त्रीस्तरमा भएको सम्झौता पत्रमा तत्कालिन वाणिज्य मन्त्री सुनिलबहादुर थापा र भारतको प्राकृतिक तथा पेट्रोलियम ग्यास मन्त्री धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेका थिए । दुबै निगमका अध्यक्ष स्तरमामा वार्ता भइसकेपछि त्यसलाई कार्यान्वय गर्न प्राविधिक र कार्यस्तरमा वार्ता र समन्वय अघि बढ्ने बताइएको छ ।
नेपालतर्फ ३९ किलोमिटर र भारतर्फ २ किलोमिटर लम्बाइ रहने उक्त पाइपलाइन निर्माणको प्रारम्भिक लागत ४ अर्ब ४० करोड अनुमान गरिएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger