Headlines News :
Home » » बाबुरामको जिब्रो चिप्लिएर माओवादीले भनेपछी.

बाबुरामको जिब्रो चिप्लिएर माओवादीले भनेपछी.

Written By news on Tuesday, 14 June 2016 | 23:46

१ असार २०७३, नेपाली हेडलालाईन-२४।

आफ्नो जीवनको उर्जाशील २ दशकभन्दा बढी समय माओवादीमा बिताएका डा. बाबुराम भट्टराई हालै घोषित नयाँ शक्ति नेपालका संयोजक हुन् । नयाँ शक्ति निर्माण अभियानमा सक्रिय भएको पनि झण्डै एक वर्ष बित्न लागिसकेको छ । तर, भट्टराईको दिमागमा ‘माओवादी ह्याङ’ अझै बाँकी रहेको संकेत मंगलबार प्रज्ञा भवन कमलादीमा देखियो ।

भट्टराई नयाँ शक्तिको छलफल शत्रमा समापन मन्तव्य दिँदै थिए । त्यसक्रममा नयाँ शक्तिले प्रचार‍-प्रसारमा अपनाएको नयाँ शैलीको बारेमा बोल्दा बाबुरामको जिब्रो नराम्रैसँग चिप्लियो । उनले आफ्नो पार्टीको नाम नै माओवादी भने ।
‘अहिले जसरी ‘माओवादी’ले सहरका भित्ताहरु नरङ्ग्याई, फोहोर नगरी सफलतापूर्वक कार्यक्रम सम्पन गर्‍यो ….. ।’ बाबुरामले यस्तै भन्दै थिए, हलमा उपस्थित सबै हलल्लऽऽऽऽऽ! हाँसे । उनले नयाँ शक्तिले भन्नुपर्नेमा माओवादीले भनेका थिए । त्यसपछि बल्ल भट्टराईलाई आफ्नो जिब्रो चिप्लिएको पत्तो भयो । उनले पूरानो ह्याङ ओभर अझै बाँकी रहेको भन्दै प्रसंगलाई टुङ्ग्याए, अनि मन्तव्य अघि बढाए ।
‘समृद्धि सपना’ हवाई कल्पना होइन
सो अवसरमा बाबुरामले नयाँ शक्तिले देखेको ‘समृद्धि सपना’ हवाई कल्पना नभएको बताए । ‘यो हवाई कल्पना होइन, अवश्य पूरा हुन्छ । त्यसको स्पष्ट खाका नयाँ शक्तिसँग छ,’ बाबुरामले भने ।एकै दिनमा सबै मौसम हुने सुन्दर देशका नागरिक खाडीमा गएर पसिना बगाउनु परिरहेकोमा दु:ख व्यक्त गर्दै भट्टराईले उनीहरुलाई नेपाल फर्किने वातावरण बनाउने बताए । विदेशमा रहेका नेपाली युवामात्रै होइन, विदेशीहरु पनि नेपाल आएर काम गर्ने दिन आउने उनको भनाइ थियो ।
समुद्रको मोती
‘मोती टिप्न समुद्र पुग्नु पर्ने’ आसयको गीतको प्रसंग उल्लेख गर्दै उनले नयाँ शक्ति पनि समृद्धिरुपी मोती टिप्न समुद्रमा हामफालिसकेको बताए । मोदी नटिपी समुद्रबाट नउत्रिने उनको भनाइ छ ।राजनीतिक क्रान्ति सम्पन्न गर्न भएको ढिलाइले आर्थिक विकास हुन नसकेको भन्दै बाबुरामले अब नेपाल आर्थिक विकासको युगमा प्रवेश गरेको बताए ।
भ्रष्ट र विकास विरोधी मात्रै हाम्रो दुश्मन
नयाँ शक्तिले परिवर्तन र विकासका पक्षका पक्षधर सबैलाई आफ्नो मित्र शक्ति मान्ने उनले बताए । अबको दायरा फराकिलो हुनेभन्दै भट्टराईले भने, ‘विकासविरोधी र भ्रष्टाचारीमात्रै हाम्रो दुश्मन हु । '

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger