Headlines News :
Home » » विश्वका चर्चित व्यक्तित्व जसको मृत्यु हृदयाघातबाट भयो ..

विश्वका चर्चित व्यक्तित्व जसको मृत्यु हृदयाघातबाट भयो ..

Written By news on Friday, 24 June 2016 | 01:13


विश्वमा पनि थुप्रै चर्चित तथा शीर्ष व्यक्तित्वको मृत्यु हृदयाघातबाट भएको छ । सर विन्स्टन चर्चिल, मदर टेरेसा, जवाहरलाल नेहरू, माओत्से तुङ, हुगो चाभेज, रिचार्ड निक्सन यस्ता चर्चित नाम हुन् ।

सन् २०११ को अप्रिल १२ मा इजिप्टका अपदस्थ राष्ट्रपति होस्नी मुबारक सुतिरहेको अवस्थामा घरको ओछ्यानबाटै पक्राउ परे । खासमा उनी मुटुको समस्याबाट पीडित भएर सुतिरहेका थिए । सन् १९९१ मा रुसका पहिलो राष्ट्रपति भएका बोरिस येल्त्सिनलाई सन् १९९६ को चुनावअघि हृदयाघात भयो । तर, उनले आफ्नो स्वास्थ्य समस्याबारे लामो समयसम्म जनतालाई थाहा दिएनन् । दोस्रो कार्यकालभरि नै उनी गम्भीर बिरामी थिए । सन् १९९८ र १९९९ मा मात्रै उनले चार प्रधानमन्त्री फेरे । तर, २३ अप्रिल २००७ मा ७६ वर्षको उमेरमा उनको हृदयाघातकै कारण निधन भयो ।

दोस्रो विश्वयुद्धताका बेलायतका प्रधानमन्त्री रहेका सर विन्स्टन चर्चिललाई डिसेम्बर १९४१ मा हृदयाघात भयो । हृदयाघात हुँदा उनी अमेरिका भ्रमणमा थिए । त्यसको दुई वर्षपछि डिसेम्बर १९४३ मा उनलाई निमोनिया भयो । आफ्नो खराब स्वास्थ्यका बाबजूद विश्वयुद्धताका उनले अन्य देशका नेतालाई भेट्न १ लाख ६० हजार किलोमिटरको यात्रा तय गरे ।

त्यस्तै, अमेरिकी पूर्व राष्ट्रपति आइजनहोवरलाई पदमा बहाल रहेकै बेला १९५५ मा हृदयाघात भयो । दोस्रोपटक सन् १९५७ को नोभेम्बरमा ओभल अफिसमा काम गरिरहेका बेला उनलाई हृदयाघात भयो । अर्को वर्ष उनले आफ्नो असमर्थतामा राष्ट्रपतिको समेत काम गर्ने अधिकार उपराष्ट्रपति रिचार्ड निक्सनलाई दिए । तर, सन् १९६९ को मार्च २८ मा आइजनहोवरको मृत्यु तेस्रोपटकको हृदयाघातबाट भयो ।


अर्का अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई पनि सन् २००४ मा माइनर हृदयाघात भयो । त्यतिखेर उनको मुटुको बाइपास शल्यक्रिया भएको थियो । सन् २०१० को फेब्रु्अरीमा भने छाती दुख्नासाथ अस्पताल भर्ना भएकाले उनले हृदयाघातलाई सजिलै टारे ।
सिएननका चर्चित प्रस्तोता ल्यारी किङको पनि सन् १९८७ मा बाइपास सर्जरी भएको थियो । त्यसपछि उनको मुटुमा कुनै समस्या आएन । अमेरिकाका पूर्व उपराष्ट्रपति डिक चेनी पनि सन् १९७८ मा ३७ वर्षकै उमेरमा हृदयाघातको शिकार भएका थिए । उनको मुटुको थुप्रै शल्यक्रिया गर्नुप¥यो । त्यसपछि उनले धूमपान छाडे । उनी स्वास्थ्यका हिसाबले उपराष्ट्रपतिका लागि उपयुक्त नभएको भनेर प्रश्न पनि उठाइए ।

विश्वचर्चित समाजसेवी मदर टेरेसाको मृत्यु सन् १९९७ मा हृदयाघातकै कारण भयो । त्यसअघि सन् १९८३ मा पहिलोपटक र दोस्रोपटक सन् १९८९ मा पनि उनी हृदयाघातको शिकार भएकी थिइन् । सन् १९८९ मै उनमा पेसमेकर राखिएको थियो । यस्तै, भेनेजुयलाका राष्ट्रपति हुगो चाभेज तथा पूर्व अमेरिकी राष्ट्रपति वारेन हर्डिङको पनि हृदयाघातकै कारण मृत्यु भएको थियो ।

अर्का अमेरिकी राष्ट्रपति लिन्डन जोन्सनको मृत्यु पनि यही कारण भएको थियो । सन् १९७२ को जनवरी २२ मा उनलाई पहिलोपटक हृदयाघात भयो । त्यसको आठ वर्षपछि सन् १९६५ मा उनी गल ब्लाडरको समस्याबाट पीडित भए । सन् १९६६ मा उनको हर्नियाको उपचार भयो । ‘अमेरिकी राष्ट्रपतिको रोग’ नामक पुस्तकमा जोन्सन चेन स्मोकर रहेको र राष्ट्रपति बन्नुअगावै दुईपटक हृदयाघातको शिकार भएको उल्लेख छ ।

बाराक ओबामासम्म आइपुग्दा चुरोट खाने अन्तिम अमेरिकी राष्ट्रपति नै जोन्सन थिए । रिचार्ड निक्सन र जेराल्ड फोर्ड पाइप खान्थे भने रोनाल्ड रेगन र जर्ज डब्लु बुस धूमपान नै गर्दैनथे । जिम्मी कार्टर, विल क्लिन्टन र जर्ज डब्लु बुस भने कहिलेकाही मात्रै सिगार पिउँछन् । यस्तै, अमेरिकी पूर्व राष्ट्रपतिहरू जोन आडम्स, जाकारी टेलर, विलियम टाफ्ट, रुदरफोर्ड हेयस र काल्भिन कुलिज पनि मुटुको समस्याबाट पीडित थिए ।


भारतका पाँचौं राष्ट्रपति फखरुद्दिन अलि अहमद ९१९७४ देखि १९७७ सम्म० को मृत्यु पनि हृदयाघातकै कारण भयो । मलेसियाको औपचारिक भ्रमणबाट फर्किएलगत्तै सन् १९९७, फेब्रुअरी ११ का दिन उनको मृत्यु भयो । यस्तै, भारतकै दोस्रा प्रधानमन्त्री लालबहादुर शास्त्रीको मृत्यु पाकिस्तानी राष्ट्रपति अयुव खाँनसंग ऐतिहासिक युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको एक दिनपछि अर्थात् सन् १९६६ जनवरी १० मा तत्कालीन सोभियत संघको तासकन्दमा हृदयाघातकै कारण भयो ।

यस्तै, साउदी अरेबियाका राजा खालिद र तुर्कमेनिस्तानका राष्ट्रपति सापारमुरत नियाजोभको मृत्यु पनि हृदयाघातका कारण भयो । सन् १९७४ मा पूर्व पाकिस्तानी राष्ट्रपति अयुब खानको मृत्यु पनि हृदयाघातकै कारण भयो । सन् १९६८ को सुुरुमा बिरामी हुँदा उनलाई हृदयाघात र प्यारालाइज्ड नै भएको हल्ला फैलिएको थियो । तर, जब उनी निको हुन थाले, सोही वर्षको नोभेम्बरमा पेशावरमा उनीमाथि गोेली प्रहार गरी हत्या प्रयास भयो । सन् १९६४ भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू र सन् १९७६ मा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्से तुङको मृत्यु पनि हृदयाघातकै कारण भयो ।
बहराइनका राजा शेख इसा बिन सल्मान अल खलिफालाई पनि सन् १९९९ को मार्च ६ मा दरबारमै हृदयाघात भयो । यस्तै, नाइजेरियाका शासक जनरल सानि अवाचाको पनि मुटुको समस्याका कारण सन् १९९८ को जुनमा मृत्यु भयो । सन् २००६ को जनवरीमा युएईका उपराष्ट्रपति शेख मक्तुम विन रसद अल–मक्तुमको पनि हृदयाघातका कारण मृत्यु भयो, त्यतिखेर उनी अस्ट्रेलियाको क्विन्सल्यान्ड गोल्ड कोस्टमा घुमिरहेका थिए । सन् २००९ को जुनमा अफ्रिकी राष्ट्र ग्याबोनका राष्ट्रपति ओमार बोंगो पनि हृदयाघातकै कारण मरे । ४२ वर्ष सत्तामा रहेका उनी अफ्रिकाकै सबैभन्दा लामो समय शासन गर्ने नेता मानिन्छन् ।

यस्तै, लन्डन भ्रमणमा रहेका बेला क्यानडाका पूर्व प्रधानमन्त्री सर जोन स्प्यारो डेभिड थोम्सनको सन् १८९४ मा निधन भयो । प्रख्यात पाकिस्तानी क्रिकेटर वसिम हसन राजाको सन् २००६ अगष्ट २३ मा बेलायतमा हृदयाघातबाट निधन भयो । चर्चित क्रिकेट कमेन्टेटर एवं बेलायतका पूर्व क्याप्टेन टोनी ग्रेगलाई पनि सन् २०१२ को डिसेम्बरमा सिड्नीमा हृदयाघात भयो । सन् २०१३ को नोभेम्बरमा भारतीय टेस्ट खेलाडी विनोद काम्बलीलाई पनि मुम्बईमा हृदयाघात भएको थियो । तर, पछि उनलाई निको भयो ।
 स्रोत : स्वस्थ्य खबर



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger