न्यूयोर्क, असार २ । सामान्य खानपिन मै पनि सानोतिनो लापरवाहीले क्यान्सरको खतरा बढ्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठन अन्तर्गतको क्यान्सर इकाइले जनाएअनुसार धेरै तातो खानेकुरा खाने गर्दा क्यान्सरको जोखिम बढाउँछ । सो संगठनका अनुसार चिया वा कफी लगायत अन्य खानेकुरा ६० डिग्री सेल्सियस भन्दा तातो खाएमा आन्द्रामा क्यान्सरको जोखिम बढाउँछ । एसिया, दक्षिण अमेरिका र पूर्वी अफ्रिकामा तातो खानेकुरा खाने प्रचलन बढी रहेको भन्दै सो संगठनले ती क्षेत्रमा बसोबास गर्नेहरुमा गरिएको अध्ययन अनुसार उक्त तथ्य प्रकाशमा ल्याएको हो । चीन, इरान, टर्की र दक्षिण अमेरिकामा ७० डिग्री सेल्सिसभन्दा तातो चिया वा कफी पिउने प्रचलन बढ्दो रहेको भन्दै संगठनले ती मुलुकमा फेला परेका क्यान्सर रोगीमध्ये धेरैजसोको तातो खानाबाटै रोग लागेको पाइएको जनाएको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment