Headlines News :
Home » » जहाँ बग्दछ रगत झैँ रातो झरना..

जहाँ बग्दछ रगत झैँ रातो झरना..

Written By news on Thursday, 30 June 2016 | 00:45


अन्टार्कटिकालाई हिमचादर पनि भनिन्छ । अर्थात् यसको ९८ प्रतिशत भाग सधै हिउँले ढाकेको हुन्छ । सेताम्मे हिउँको यो महादेशमा रगतजस्तै रातो पानी बग्ने झरना पनि छ भन्दा निकै आश्चर्य लाग्नसक्छ । वास्तवमा यो सेतो महादेश अन्टार्कटिकामा रातो झरना छ ।

अन्टार्कटिकाको म्याकमर्डोस्थित टायलेर हिमनदीमा एउटा यस्तो झरना छ जसमा बग्ने पानीको रंग रगत जस्तै रातो छ ।
यो झरनाको पानीको रंगकै कारण यसको नाम पनि रक्ते झरना अर्थात् ब्लड फल्स राखिएको छ ।

अमेरिकी जिव वैज्ञानिक गि्रफिथ टायलरले सन् १९११ मा यो झरना पत्ता लगाएका थिए । यो झरना पाँच तले भवन जत्तिकै अग्लो छ भने यसको पानीमा विभिन्न १७ प्रजातिका सुक्ष्म जिव पाइने बताइन्छ ।

यो झरनाको पानी रातो हुनुको विशेष कारण छ । यो कुनै रगत होइन । पानीमा भएको आइरन अक्साइडले हावासँग रासायनिक प्रतिक्रिया गर्दा रातो रंगमा बदलिएको हो । यो पूर्णरुपमा रगत जस्तै देखिन्छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger